राष्ट्र बैंकद्वारा ५ रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान

राष्ट्र बैंकद्वारा ५ रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान : Icon Khabar

काठमाडौँ, वैशाख ७ । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ । बैंकले ५ हजार रुपैयाँ दरको ३५० मिलियन वटा अर्थात् ३५ करोड वटा नोट छाप्न टेण्डर आह्वान गरेको हो ।

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो । राष्ट्र बैंकले २०२४ जुन ३ तारिखको दिउँसो १२ बजे भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले प्रस्ताव पेश गर्दा २ करोड १० लाख धरौटी राख्नु पर्ने जनाएको छ ।

यस टेण्डरमा १० वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने छन् । राष्ट्र बैंकले नोट छाप्नको लागि निवेदन पेश गरेका मध्ये १० वटा कम्पनी मात्र योग्य रहेको भन्दै ति कम्पनीको सूची यस अघि नै सार्वजनिक गरेको थियो । अब नोट छाप्नको लागि ति १० कम्पनीले मात्र टेण्डर प्रक्रियामा सहभागी हुन पाउने छन् । सबै भन्दा कम मूल्य कबुल गर्नेलाई राष्ट्र बैंकले नोट छाप्ने ठेक्का दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने