महाजात्राले गर्यो विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन

महाजात्राले गर्यो विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन : Icon Khabar

काठमाडौं, वैशाख ७ । षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ सीरीजको तेस्रो भाग ‘महाजात्रा’ आज शुक्रवारदेखि प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको छ ।

फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख रुपैयाँ तथा अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक व्यवसाय गर्ने नेपाली फिल्म बनेको छ ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित भएको बताए ।

अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टका अनुसार नेपालपछि अष्ट्रेलियामा ९० बढी शो, अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भईसकेको छ ।

यस्तै, अष्टेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म ‘महाजात्रा’ बनेको छ । अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ । यति शो अहिलेसम्म सिड्नीमा कुनै नेपाली फिल्मको गरिएको छैन ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

षट्कोण आर्ट्सले विसं २०८२ को दशैँँमा नयाँ फिल्म दर्शकमाझ ल्याउने घोषणा समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 April 2024
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु