इरानद्वारा इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोन आक्रमण

इरानद्वारा इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोन आक्रमण : Icon Khabar

काठमाडौँ, वैशाख ३ । इरानले इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण गरेको छ । साथै इजरायलभर हवाई आक्रमणको चेतावनी दिएको छ ।

जेरुसेलम, दक्षिणमा नेगेभ मरुभूमि र मृत सागर, उत्तरमा इजरायलले कब्जा गरेको गोलान हाइट्स र कब्जा गरिएको वेस्ट बैंकमा चेतावनी दिएको थियो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ । लगभग ४ देखि ५ सय ड्रोनहरूबाट आक्रमण गरिएको थियो । सय बढीलाई इजरायल पुग्नुअघि सहयोगी देशहरूले रोकेका थिए ।

इरानबाट इजरायलतर्फ धेरै क्रुज मिसाइलहरू पनि प्रहार गरिएको बताइएको छ । अप्रिलको शुरुवातमा सिरियाको दमास्कसमा रहेको कन्सुलर भवनमा सात इरानी अधिकारीको हत्याको बदला लिने इरानी धम्कीपछि इजरायल विगत केही दिनदेखि उच्च सतर्कतामा रहेको छ ।

इरानले इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण गरेको छ । साथै इजरायलभर हवाई आक्रमणको चेतावनी दिएको छ । जेरुसेलम, दक्षिणमा नेगेभ मरुभूमि र मृत सागर, उत्तरमा इजरायलले कब्जा गरेको गोलान हाइट्स र कब्जा गरिएको वेस्ट बैंकमा चेतावनी दिएको थियो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ । लगभग ४ देखि ५ सय ड्रोनहरूबाट आक्रमण गरिएको थियो । सय बढीलाई इजरायल पुग्नुअघि सहयोगी देशहरूले रोकेका थिए ।

इरानबाट इजरायलतर्फ धेरै क्रुज मिसाइलहरू पनि प्रहार गरिएको बताइएको छ । अप्रिलको शुरुवातमा सिरियाको दमास्कसमा रहेको कन्सुलर भवनमा सात इरानी अधिकारीको हत्याको बदला लिने इरानी धम्कीपछि इजरायल विगत केही दिनदेखि उच्च सतर्कतामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 April 2024
Website | + posts