कस्तो छ मनिषाको ‘हिरामन्डी’को ट्रेलर ?

कस्तो छ मनिषाको ‘हिरामन्डी’को ट्रेलर ? : Icon Khabar

काठमाडौँ, वैशाख ३ । संजयलीला भन्सालीको निर्देशनमा तयार भएको वेब ‘हिरामन्डी’को ट्रेलर सार्वजनिक गरिएको छ । मे १ देखि नेटफ्लिक्समा रिलिजमा आउन लागेको यो वेब सिरिजले हीराको बजारको कथा भन्छ ।

तर, यो वेब सिरिजको संवाद, मेकिङ गज्जब छ । संजयलीला भन्सालीको फिल्मबाट दर्शकले गर्ने अपेक्षा यो वेब सिरिजबाट पनि पुरा हुने देखिन्छ ।

यो सिरिजमा नायिका मनीषा कोइरालादेखि सोनाक्षी सिन्हासँगको अभिनय छ । साथमा यो सिरिजमा अदिति राय हैदरी, ऋचा चड्डा, सन्जिदा सेख, सर्मिन सेगल लगायतको अभिनय छ । सन् २०२१ मा घोषणा गरिएको यो वेब सिरिज निर्माणका लागि भन्सालीलाई ३ बर्ष लाग्यो ।

दर्शकले यो सिरिजको व्यग्र प्रतीक्षा गरिरहेका छन् । यसैले, यसले ओटिटीमा धुम मच्चाउने अपेक्षा गरिएको छ ।

Published Date: 15 April 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु