विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय : Icon Khabar

काठमाडौँ, वैशाख २ । सरकारको मन्त्रिपरिषद बैठकले १४ वटा निर्णय गरेको छ। चैत ३० गते बसेको बैठकले १४ वटा निर्णय गरेको हो। उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन्।

सरकारले आइतबार राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसअनुसार अधिवेशन अन्त्य हुँदैछ।

त्यसैगरी अन्जान शाक्यलाई राष्ट्रिय सभामा रिक्त रहेको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको थियो।

नेपाल बंगलादेश वाणिज्य सचिवस्तरीय सातौं बैठकको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गरेको छ। अध्यक्षमा सर्वोच्चका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका सदस्य हुने भनिएको छ।

मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्धविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरूलाई सदस्य राख्ने भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 April 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो