विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय : Icon Khabar

काठमाडौँ, वैशाख २ । सरकारको मन्त्रिपरिषद बैठकले १४ वटा निर्णय गरेको छ। चैत ३० गते बसेको बैठकले १४ वटा निर्णय गरेको हो। उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन्।

सरकारले आइतबार राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसअनुसार अधिवेशन अन्त्य हुँदैछ।

त्यसैगरी अन्जान शाक्यलाई राष्ट्रिय सभामा रिक्त रहेको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको थियो।

नेपाल बंगलादेश वाणिज्य सचिवस्तरीय सातौं बैठकको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गरेको छ। अध्यक्षमा सर्वोच्चका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका सदस्य हुने भनिएको छ।

मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्धविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिहरूलाई सदस्य राख्ने भनिएको छ।

Published Date: 14 April 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय