अब स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउदा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने

अब स्वास्थ्य बिमा अन्तर्गत उपचार गराउदा २० प्रतिशत रकम आफैले तिर्नुपर्ने : Icon Khabar

काठमाडौं, वैशाख २ । स्वास्थ्य बिमा बोर्डको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत आज (वैशाख २ गते) देखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्नेबीमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए ।

“अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ”, उनले भने, “जसले गर्दा बीमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बिमाबाट लाभान्वित हुनेछन् ।”

स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागू गरेको हो ।बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो ।

उनले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाइ सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागु गरिएको बताए ।कार्यकारी निर्देशक डा. बसौलाका अनुसार सहभुक्तानी १५ शैयासम्मका आधारभूत अस्पतालमा लागू हुँदैन ।

संघीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख छ ।

बिमा कार्यक्रममा कूल बिमित संख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कूल बीमितमध्ये सेवा लिनेको संख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन् । नवीकरण गर्ने बीमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ । – रासस

Published Date: 14 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न