२०८१ को पहिलो कारोबार दिन नेप्से २.३५ अंकले घट्यो

२०८१ को पहिलो कारोबार दिन नेप्से २.३५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २ । सेयर बजार परिसूचक नेप्से आइतबार २.३५ अंकले घट्दै २०२३.३५ विन्दुमा रह्यो। कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ।

१३ मध्ये ९ उपसमूह घट्दा परिसूचक घटेको हो। फाइनान्स, जलविद्युत, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घटेका छन्। सर्वाधिक निर्जीवन बीमा उपसमूह १.०३ प्रतिशतले घटेको छ।

कारोबार भएका कम्पनीमध्ये १२७ को सेयरमूल्य बढेको छ भने १०८ वटाको घटेको छ। १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो। घटेको बजारमा पनि सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सर्किट लागेको छ। एनआइसी एसिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो बढ्नेको सूचीमा छन्।

सर्वाधिक सेयर किनबेच सानीमा माई हाइड्रोपावरको भएको छ। सानीमाको सेयर २१ करोड ४७ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै पोखरा फाइनान्सको ११ करोड ७ लाख, ज्ञादी ग्रुप अफ पावरको १० करोड ३८ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर ८ करोड ९२ लाख रुपैयाँको किनबेच भएको छ।

घटेका सेयरमा गुराँस लघुवित्तको नकारात्मक सर्किट नै लागेको छ। हिमालयन ८०–२०, तेह्रथुम पावर, तारागाउँ सिजेन्सी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को सेयरमूल्य घटेको छ।

Published Date: 14 April 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने