२०८१ को पहिलो कारोबार दिन नेप्से २.३५ अंकले घट्यो

२०८१ को पहिलो कारोबार दिन नेप्से २.३५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २ । सेयर बजार परिसूचक नेप्से आइतबार २.३५ अंकले घट्दै २०२३.३५ विन्दुमा रह्यो। कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ।

१३ मध्ये ९ उपसमूह घट्दा परिसूचक घटेको हो। फाइनान्स, जलविद्युत, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घटेका छन्। सर्वाधिक निर्जीवन बीमा उपसमूह १.०३ प्रतिशतले घटेको छ।

कारोबार भएका कम्पनीमध्ये १२७ को सेयरमूल्य बढेको छ भने १०८ वटाको घटेको छ। १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो। घटेको बजारमा पनि सृजनशील लघुवित्तको सेयरमूल्य बढेर सर्किट लागेको छ। एनआइसी एसिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो बढ्नेको सूचीमा छन्।

सर्वाधिक सेयर किनबेच सानीमा माई हाइड्रोपावरको भएको छ। सानीमाको सेयर २१ करोड ४७ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै पोखरा फाइनान्सको ११ करोड ७ लाख, ज्ञादी ग्रुप अफ पावरको १० करोड ३८ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर ८ करोड ९२ लाख रुपैयाँको किनबेच भएको छ।

घटेका सेयरमा गुराँस लघुवित्तको नकारात्मक सर्किट नै लागेको छ। हिमालयन ८०–२०, तेह्रथुम पावर, तारागाउँ सिजेन्सी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को सेयरमूल्य घटेको छ।

Published Date: 14 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास