बैंकहरुले २०८१ वैशाख महिनाका लागि घटाए ब्याजदर

बैंकहरुले २०८१ वैशाख महिनाका लागि घटाए ब्याजदर : Icon Khabar

काठमाडौं, चैत ३० । अधिकांश वाणिज्य बैंकहरुले २०८१ वैशाख महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.१८ विन्दुले घटको छ ।

५ बैंकहरुले चैतकै ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिएका छन् भने २बैंकहरुले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा एभरेष्ट र एनएमबि बैंक रहेका छन् । मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । पछिल्ला महिनाहरुमा बैंकह्रले लगातारजसो ब्याजदर घटाइरहेका छन् ।

प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन । नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुको आरोप छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ । ब्याजदर घटेपछि कर्जा तथा लगानी विस्तार हुने अनुमान गर्न सकिन्छ ।

Published Date: 12 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी