बैंकहरुले २०८१ वैशाख महिनाका लागि घटाए ब्याजदर

बैंकहरुले २०८१ वैशाख महिनाका लागि घटाए ब्याजदर : Icon Khabar

काठमाडौं, चैत ३० । अधिकांश वाणिज्य बैंकहरुले २०८१ वैशाख महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.१८ विन्दुले घटको छ ।

५ बैंकहरुले चैतकै ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिएका छन् भने २बैंकहरुले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा एभरेष्ट र एनएमबि बैंक रहेका छन् । मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । पछिल्ला महिनाहरुमा बैंकह्रले लगातारजसो ब्याजदर घटाइरहेका छन् ।

प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन । नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुको आरोप छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ । ब्याजदर घटेपछि कर्जा तथा लगानी विस्तार हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 April 2024
Website | + posts


ताजा
इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि जडान नगरे पनि कारबाही नहुने: यातायात विभाग
भक्तपुरमा अहिले अपरान्ह चोथा पर्व मनाइदै
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू