बिस्का: जात्रा: आज योसीं खेल र तालाक्वमा योसीं उठाइने

बिस्का: जात्रा: आज योसीं खेल र तालाक्वमा योसीं उठाइने : Icon Khabar

भक्तपुर, चैत ३० । आज २०८० सालको अन्तिम दिन अर्थात चैत्र शुक्ल मसान्त चैत ३० गतेको दिन । बिस्का: जात्राको चौथौं दिन आज भक्तपुरको योसीं खेल र तालाक्वमा योसीं उठाईदैछ।

भक्तपुरको तालाक्वामा अहिले बिहान हात नभएको योसीं ठड्यौदैछ छ भने आहै अपरान्ह भक्तपुरको भेलुखेलमा हाल भएको योसीं ठड्यौदैछ। भोलि २०८१ सालको पहिलो दिन अर्थात बैशाख १ गते योसीं खेलको योसीं ढाल्ने र भैरव भद्रकालीको रथ जुढाउने जात्रा हुन्छ ।

त्यसपछि क्रमशः अन्य ठाउँमा अन्य ठाउँमा पनि रथ वा खट जुढाउने जात्रा हुन्छ । जसमा बाराहीको टिप्वाजात्रा, इन्द्रजात्राको त्वारिवाः जात्रा, दुमाजुको कोलुक्यात जात्रा, ब्रम्हायणी माहेश्वरीको खः जात्रा, महाकाली महालक्ष्मीको खःजात्रा, जेठागणेश र बुल्चा भैरवको खःजात्रा, इनरे गणेश (सूर्यविनायक गणेश)को खःजात्रा आदि गरि भक्तपुर भरि र भक्तपुर बाहिर थिमी, बोडे, नगदेश, टोखा, सुनाकोठी, साँगा, धुलिखेल, चौकोट, श्रीखण्डपुर जस्ता ठाउँहरुमा समेत कतै योसीं उठाइन्छ, कतै स्थानिय देवदेवीहरुको जात्रा हुन्छ ।

Published Date: 12 April 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न