रुसद्वारा युक्रेनको एक पावर प्लान्टमा आक्रमण

रुसद्वारा युक्रेनको एक पावर प्लान्टमा आक्रमण : Icon Khabar

काठमाडौं, चैत ३० । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ ।

विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का पावर प्लान्टमा रुसले मिसाइल आक्रमण गरेको हो । आक्रमणबाट पावर प्लान्टमा आगो लागेको र बिजुली उत्पादन बन्द भएको बीबीसीले जनाएको छ ।

रुसले पछिल्लो पटक युक्रेनका बिजुली, रेलवे लाइन, पुल सहित पाँच क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । यही अभियान अन्तर्गत ट्रिपिलिस्का पावर प्लान्टमा आक्रमण भएको हो ।

युक्रेनको राजधानीबाट करिब ४५ किलोमिटर दक्षिणमा रहेको ट्रिपिलिस्का पावर प्लान्ट बिजुली संयन्त्रको एक महत्वपूर्ण हिस्सा थियो । यसबाट युक्रेनलाई ठूलो झड्का लागेको बताइएको छ ।

यो युक्रेनको कूल बिजुली उत्पादन क्षमताको करिब १० प्रतिशत हिस्सा थियो । यहाँ उत्पादित बिजुली कियभसहित तीन प्रदेशमा आपूर्ति हुने गर्दछ । यो ध्वस्त भएपछि देशमा बिजुली कमी हुन सक्ने अनुमान गरिएको छ ।

रुसले मिसाइल र ड्रोन प्रयोग गरी युक्रेनमा आक्रमण जारी राखेको छ । युक्रेनको जापोरिज्जा परमाणु ऊर्जा संयन्त्रमा पनि आक्रमण भएको थियो । यो युरोपको सबैभन्दा ठूलो परमाणु संयन्त्रमध्येको एक थियो । ड्रोन हमलाबाट यहाँ विष्फोट भएको थियो ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)ले भने संयन्त्रको सुरक्षामा तत्काल कुनै खतरा नरहेको जनाएको थियो । तर संयन्त्रको स्थिति अत्यन्तै गम्भीर बनेको चेतावनी उसले दिएको थियो । दुई दिन लगातार त्यहीँ आक्रमण हुँदा यदि क्षति भएको भए त्यसले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिइएको थियो ।

Published Date: 12 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी