रुसद्वारा युक्रेनको एक पावर प्लान्टमा आक्रमण

रुसद्वारा युक्रेनको एक पावर प्लान्टमा आक्रमण : Icon Khabar

काठमाडौं, चैत ३० । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ ।

विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का पावर प्लान्टमा रुसले मिसाइल आक्रमण गरेको हो । आक्रमणबाट पावर प्लान्टमा आगो लागेको र बिजुली उत्पादन बन्द भएको बीबीसीले जनाएको छ ।

रुसले पछिल्लो पटक युक्रेनका बिजुली, रेलवे लाइन, पुल सहित पाँच क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । यही अभियान अन्तर्गत ट्रिपिलिस्का पावर प्लान्टमा आक्रमण भएको हो ।

युक्रेनको राजधानीबाट करिब ४५ किलोमिटर दक्षिणमा रहेको ट्रिपिलिस्का पावर प्लान्ट बिजुली संयन्त्रको एक महत्वपूर्ण हिस्सा थियो । यसबाट युक्रेनलाई ठूलो झड्का लागेको बताइएको छ ।

यो युक्रेनको कूल बिजुली उत्पादन क्षमताको करिब १० प्रतिशत हिस्सा थियो । यहाँ उत्पादित बिजुली कियभसहित तीन प्रदेशमा आपूर्ति हुने गर्दछ । यो ध्वस्त भएपछि देशमा बिजुली कमी हुन सक्ने अनुमान गरिएको छ ।

रुसले मिसाइल र ड्रोन प्रयोग गरी युक्रेनमा आक्रमण जारी राखेको छ । युक्रेनको जापोरिज्जा परमाणु ऊर्जा संयन्त्रमा पनि आक्रमण भएको थियो । यो युरोपको सबैभन्दा ठूलो परमाणु संयन्त्रमध्येको एक थियो । ड्रोन हमलाबाट यहाँ विष्फोट भएको थियो ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)ले भने संयन्त्रको सुरक्षामा तत्काल कुनै खतरा नरहेको जनाएको थियो । तर संयन्त्रको स्थिति अत्यन्तै गम्भीर बनेको चेतावनी उसले दिएको थियो । दुई दिन लगातार त्यहीँ आक्रमण हुँदा यदि क्षति भएको भए त्यसले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 April 2024
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने