बिस्का: जात्रा: आज द्यः क्वाहाँ विज्याकेगु अर्थात देवता तल सवारी हुने दिन

बिस्का: जात्रा: आज द्यः क्वाहाँ विज्याकेगु अर्थात देवता तल सवारी हुने दिन : Icon Khabar

भक्तपुर, चैत २७ । भक्तपुरको विश्व प्रसिद्व एवं ऐतिहासिक जात्रा बिस्का: जात्राको आज पहिलो दिन अर्थात द्यः क्वाहाँ विज्याकेगु। भक्तपुरको टौमढिमा बनाइएको भैरबनाथ र भद्रकालीको रथ तानेर आजबाट आठ रात नौ दिन लामो बिस्का: जात्रा सुरू हुँदै छ।

हरेक वर्ष चैत्र शुक्ल मसान्तको चार दिन अगाडि भक्तपुर तौमढी टोल स्थित आकाश भैरवलाई तीनतल्ले भव्य रथमा विराजमान गराई जात्रा गरिन्छ । जसलाई द्यः क्वाहाँ विज्याकेगु (देवता तल सवारी हुने) जात्रा भनिन्छ । जहाँ भैरवनाथको साथमा दुईतल्ले अर्काे भव्य रथमा भद्रकाली राखी जात्रा गरेको हुन्छ ।

त्यसको भोलिपल्टको दिन शुन्य भनि आराम लिन्छ । त्यसको पछिल्लो दिनलाई स्याक्को टयाक्को कहलिन्छ । जुन दिन भैरवनाथ, भद्रकाली, बेताल, लगायत अष्टमातृका देवी स्थानमा बोका, कुुखुराको प्रशस्त बलि दिन्छ ।

जात्रालाई शान्ति पूर्ण र मर्यादित बनाउनका लागि गृह प्रशासनले सुरक्षा व्यवस्था मिलाएको छ। गुठि संस्थानले जारी गरेको जात्रा तालिका अनुसार भक्तपुरको टौमढिबाट आज दिउँसोको ठिक ३ बजेबाट भैरबनाथको रथ तानेर जात्रा सुरू हुने जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित