बिस्का: जात्रा: आज द्यः क्वाहाँ विज्याकेगु अर्थात देवता तल सवारी हुने दिन

बिस्का: जात्रा: आज द्यः क्वाहाँ विज्याकेगु अर्थात देवता तल सवारी हुने दिन : Icon Khabar

भक्तपुर, चैत २७ । भक्तपुरको विश्व प्रसिद्व एवं ऐतिहासिक जात्रा बिस्का: जात्राको आज पहिलो दिन अर्थात द्यः क्वाहाँ विज्याकेगु। भक्तपुरको टौमढिमा बनाइएको भैरबनाथ र भद्रकालीको रथ तानेर आजबाट आठ रात नौ दिन लामो बिस्का: जात्रा सुरू हुँदै छ।

हरेक वर्ष चैत्र शुक्ल मसान्तको चार दिन अगाडि भक्तपुर तौमढी टोल स्थित आकाश भैरवलाई तीनतल्ले भव्य रथमा विराजमान गराई जात्रा गरिन्छ । जसलाई द्यः क्वाहाँ विज्याकेगु (देवता तल सवारी हुने) जात्रा भनिन्छ । जहाँ भैरवनाथको साथमा दुईतल्ले अर्काे भव्य रथमा भद्रकाली राखी जात्रा गरेको हुन्छ ।

त्यसको भोलिपल्टको दिन शुन्य भनि आराम लिन्छ । त्यसको पछिल्लो दिनलाई स्याक्को टयाक्को कहलिन्छ । जुन दिन भैरवनाथ, भद्रकाली, बेताल, लगायत अष्टमातृका देवी स्थानमा बोका, कुुखुराको प्रशस्त बलि दिन्छ ।

जात्रालाई शान्ति पूर्ण र मर्यादित बनाउनका लागि गृह प्रशासनले सुरक्षा व्यवस्था मिलाएको छ। गुठि संस्थानले जारी गरेको जात्रा तालिका अनुसार भक्तपुरको टौमढिबाट आज दिउँसोको ठिक ३ बजेबाट भैरबनाथको रथ तानेर जात्रा सुरू हुने जानकारी प्राप्त भएको छ।

Published Date: 09 April 2024
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय