गायक निशान भट्टराई र ऋचाको डिभोर्स

गायक निशान भट्टराई र ऋचाको डिभोर्स : Icon Khabar

काठमाडौं, चैत २७ । गायक निशान भट्टराईको पत्नी ऋचा न्यौपानेसँग डिभोर्स भएको छ । उनीहरुको चैत्र ७ गते डिभोर्स भएको हो । काभ्रे जिल्ला अदालतका न्यायधीस विश्वनाथ भट्टराईको इजलासले उनीहरुबिच सम्बन्ध विच्छेद भएको फैसला गरेको हो ।

सम्बन्ध विच्छेदका लागि दुबै जनाले मिलापत्र गरेका थिए । ऋचाले डिभोर्सका लागि अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

निशान र ऋचाले तीन बर्ष अगाडि अदालतमै बिबाह गरेका थिए । दुई बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बैबाहिक जीवनमा परिणत गरेका थिए । तर, उनीहरुको बैबाहिक सम्बन्ध ३ बर्ष पनि टिक्न सकेन ।

‘नेपाल आइडलको सिजन १’ मा फस्ट रनरअप भएपछि निशानको चर्चा चुलिएको हो । उनले, थुप्रै लोकप्रिय गीतहरू गाएका छन् ।

Published Date: 09 April 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग