आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २७ । आज २०८० चैत २७ गते मंगलवार, तद्अनुसार ९ अप्रिल २०२४ । आज चैत शुक्ल प्रतिपदा, तेल लगाउने र नीमको पात खाने दिन, आज सूर्योदय बिहान ५ः४५ बजे तथा सूर्यास्त साँझ १८ः२५ बजे ।

आजको राशिफल

मेष: प्रसन्नता रहने छ । परिश्रमको अनुकूल फल पाइने छ । आफन्तको स्वास्थ्य तथा सुविधामा ध्यान दिनु होला ।

वृष: यात्रा, नौकरी तथा लगानी मनोनुकूल रहने छ । रोजगार‍ पाइने छ । अप्रत्याशित लाभ सम्भव छ ।

मिथुन: फजूल खर्च हुनेछ । जीवनसाथीसंग वैचारिक मतभेद हुनसक्छ । विद्यार्थिहरुले परीक्षामा सफलता प्राप्त गर्ने योग छ ।

कर्कट: यात्रा, जागिर तथा लगानी मनोनुकूल रहने छ । आजको दिन तपाईँका शुभ रहने सम्भावना छ । परिवारमा खुशीको वातावरण रहने छ ।

सिंह: मेहनतको फल पाइने छ । योजना पुरा हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

कन्या: चोट तथा रोगबाट बच्नु होला । धर्म–कर्ममा रुचि रहने छ । प्रसन्नता रहने छ ।

तुला: बोलीमा नियन्त्रण राख्नु होला । व्यापारिक लाभ हुनेछ । सन्तानप्रति झुकाव बढ्ने छ । शिक्षा तथा ज्ञानमा वृद्धि हुनेछ ।

वृश्चिक: राजकीय सहयोग प्राप्त हुनेछ । अनुकूल समाचार पाइने छ भने दिन आनन्दपूर्वक व्यतीत हुनेछ । नयाँ संबन्ध लाभदायक सिद्ध हुनेछ ।

धनु: सम्पत्तिको कार्यले लाभ दिनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । प्रसन्नता रहने छ ।

मकर: कुनै आनन्दोत्सवमा भाग लिने मौका पाइने छ । बौद्धिक कार्य सफल रहने छ । लाभ हुनेछ ।

कुम्भ: व्यापार–व्यवसाय सन्तोषप्रद रहने छ । आपसी सम्बन्धलाई महत्व दिनु पर्ने बेला आएको छ । अल्प परिश्रमबाटै लाभ हुने सम्भावना छ ।

मीन: कार्यको प्रशंसा हुनेछ । धन प्राप्ति सुगम हुनेछ । प्रसन्नता रहने छ । सन्तानको शिक्षाको चिन्ता समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 April 2024
Website | + posts