रास्वपाले भन्याे- कुनै गलत गरेको छैन, संसदीय छानबिन समिति बन्दैन

रास्वपाले भन्याे- कुनै गलत गरेको छैन, संसदीय छानबिन समिति बन्दैन : Icon Khabar

काठमाडौं, चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नु नपर्ने बताएका छन्।

सभामुखसँग शीर्ष नेताको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै सचेतक परियारले गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा कुनै गलत नगरेको भन्दै संसदीय छानबिन समिति नबन्नु पर्ने बताएका हुन्।

उनले भने, ‘सरकारको तर्फबाट प्रधानमन्त्री, एमालेको तर्फबाट विष्णु पौडेलसहित हामी सबैको एकमत छ समिति बन्दैन। बन्नु पनि हुँदैन। कोही मान्छेलाई नियतवश फसाउनलाई समिति बन्दैन। समिति नबनेपछि भोलिको सदन कसरी जान्छ भन्ने कुरामा हामी संवाद र लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छौँ। हामी कसैलाई निषेध गर्नुपर्छ भन्ने पक्षमा छैनौँ। भावनालाई जोडेर कसैलाई अपराधी करार गर्न सकिँदैन। जो मान्छे सहकारी प्रकरणमा कहीँ पनि जोडिएको छैन।’

Published Date: 08 April 2024








ताजा
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने
गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा