अमरज्योति मन्टेश्वरीको ११औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

अमरज्योति मन्टेश्वरीको ११औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २५ । भक्तपुरको कमलविनायकमा अवस्थित अमरज्योति मन्टेश्वरी स्कूल तथा अमरज्योति ज्ञानकुन्जको ११ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह शनिबार सम्पन्न भएको छ।

सो कार्यक्रममा नेमकिपाका केन्द्रिय सदस्य एवं बागमती प्रदेशका सांसद सृजना सैंजुको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि सैंजुले अमरज्योतिले आफ्नो स्थापना कालदेखि विद्यार्थीहरुको सार्वाङ्गिण विकासका मूल प्राथमिकतामा राखेर विभिन्न गतिविधि गर्दै आएको प्रति आफु जानकार रहेको बताईन्। यस वार्षिकोत्सव कार्यक्रममा सानासाना विद्याथीहरुको आत्मविश्वासले भरिएको प्रस्तुतिले गर्दानै अमरज्योति के हो भन्ने कुरा छर्लंग भएको बताईन्।

कार्यक्रममा विशेष अतिथिको रूपमा इसीइसीका प्रबन्ध निर्देशक पिताम्बर न्यौपाने, स्मार्ट पेरेण्टिङ्ग नेपालका कविन्द्र नापित, अस्ट्रेलियन इसीइसी ट्रेनर पेटर, अभिभावक प्रतिनिधि जय प्रजापति लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा कक्षा युकेजीका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो। साथै विद्यार्थीहरुले नृत्य, गीत संगीत, नाटक लगायतका थुप्रै प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यालयकी सह प्रिन्सिपल लक्ष्मी क्षेत्रीले विद्यालयले गर्दै आएका विभिन्न गतिविधिका बारेमा जानकारी गराएकी थिइन्। कक्षा ३ मा अध्यनरत विद्यार्थी कृतिना आगंजाले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् भने कक्षा २ की विद्यार्थी गरिमा रायले धन्यवाद ज्ञापन गरेकी थिइन्।

उक्त समारोहमा विद्यालयको प्रत्यक कक्षामा प्रथम, द्वितीय र तृतीय स्तान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुलाई विभिन्न टाइटल अवार्ड पनि प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयमा कार्यरत सम्पूर्ण टिचिङ्ग र नन् टिचिङ्ग स्टाफहरुलाई कदर पत्र, मायाको चिनो वितरण गरिएको विद्यालयले आइकन खबरलाई जानकारी दिएको छ।

सो ११औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह विद्यालयका संस्थापक प्रिन्सिपल किरण गोसाईंको सभापतित्वमा सम्पन्न भएको हो।

Published Date: 07 April 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी