भक्तपुरको वि किड्स स्कुलमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न

भक्तपुरको वि किड्स स्कुलमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २५ । भक्तपुरको सूर्यविनायक नगरपालिका पाण्डुवजार हाईटस्थित वि किड्स स्कुलमा शनिबार पूर्व प्राथमिक तहको दिक्षान्त समारोह २०८० सम्पन्न भएको छ।

‘एक्सप्लोर, लर्न र ग्रो’ को सिद्धान्तलाई अवलम्बन गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थापित उक्त विद्यालयले पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न गरेको हो।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हौसला बढाउन मुख्य उद्वेश्यले सो कार्यक्रम गरेको विद्यालयले आइकन खबरललाई जानकारी दिएको हो। कार्यक्रममा विद्यालयकी छात्रा समृध्दि श्रेष्ठले संचालन गरेर अभिभावकसामु आफ्नो प्रतिभा समेत प्रदर्शन गरिन् । यसैगरी विद्यालका छात्र रियान्स गिरी र सुभान चन्द्र ढुगांनाले उपस्थित सबैलाई मन्तव्यमार्फत् स्वागत गरेका थिए ।

विद्यालयले हरेक वर्ष पुर्व प्राथमिक तह उत्तीर्ण गर्न सफल विद्यार्थीको प्रोत्साहनका लागि दीक्षान्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
दीक्षित विद्यार्थी तथा नानीबाबुहरूलाई बधाई तथा भविष्यमा पनि सफलताको कामना गर्दै कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मन्जु दुवालले विद्यार्थी, अभिभावक, शुभचिन्तकहरुको साथ, सल्लाह र सहयोगले वि किड्स स्कूलले ५ वर्ष पूरा गरेको जानकारी दिँदै बालबालिकाको सुन्दर र सुरक्षित भविष्यका लागि वि किड्स स्कूलले बालमैत्री वातावरण निर्माण गरी विद्यार्थीलाई प्लेवे मेथडबाट विभिन्न विषयबारे ज्ञान प्रदान गर्दै आइरहेको बताइन् ।

अभिभावक, शिक्षक कर्मचारी, शुभचिन्तकको माया, साथ र सहयोगबाट विद्यालयले सफलता प्राप्त हुने धारणा राख्दै उनले अभिभावकको साथ, सहयोगले बालबालिकाको भविष्य सुन्दर राख्न सहज हुने चर्चा गरिन् । सो अवसरमा उनले विद्यालयको विगत ५ वर्षको यात्राबारे अनुभव बाँडिन् ।

साथै विद्यायको ५ औ वार्षिकोत्सव तथा दिक्षान्त समारोहको अवसर पारेर विद्यालय स्थापनादेखि निरन्तर विद्यालयमा कार्यरत शिक्षिका श्री लक्ष्मी लामा तथा कर्मचारी श्री कविता राईलाई बालविकासका लागि गरेको योगदानको कदर गर्दै खादा तथा सम्मान पत्र वाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा दिक्षित विद्यार्थीका अभिभावकज्यूहरूको तर्फ वाटै बोल्दै श्री अनिल राजभण्डारी र श्री किशोर राज शर्माले वि किड्स संगको यात्रावारे आआफ्ने अनुभव राखेका थिए । बच्चाको लागि विद्यालय छनौटको कसरत देखिको अनुभव राख्दै वि किड्स रोजाई सत प्रतिशत सही देखिएको र आफ्नो छोराको राम्ररी ध्यान दिदै वच्चामा संवाङिगण विकास राम्रो भएकोमा खुशी व्यक्त गर्नु हुदै विद्यालय प्रति आभार व्यक्त गरे ।

विद्यालयकी एकेडेमिक कोर्डिनेटर श्रीदेवी कर्माचार्यले शैक्षिक विद्यालयको विगत ५ वर्षमा भएका शैक्षिक उपलव्धि र आगामी दिनमा गरिने शैक्षिक विकास र योजनाका वारेमा अभिभावकज्यहरूमा प्रष्ट पारेका थिए । साथै सम्पूर्ण अभिभावकज्यूहरूलाई विद्यार्थी नानीहरूको शैक्षिक एवं सर्वागिङण विकासका लागि विद्यालयसंगको सहकार्य र सहयोगका लागि हादिक धन्दयवाद दिदै दिक्षित विद्यार्थि नानीवावुहरूलाई वढाई दिनु भएको थियो ।

कार्यक्रममा दिक्षित सवै विद्यार्थी नानीवावुहरूको आफुले अंगालेका २०८० वर्ष भरिका विभिन्न कार्यक्रमहरूको वारेमा आफ्ना अनुभवहरू वताएका थिए । गीत, संगीत, न्यृत्यका साथै अरू विविध प्रस्तुतिसहितको सो कार्यक्रममा विद्यार्थीहरु आध्या कार्की, मितान्सी पराजुली र युवान श्रेष्ठले धन्यवाद दिएका थिए ।

उक्त सम्मरोह विद्यार्थी नानीवावूहरूले गीत, संगीत, न्यृत्यका साथै अरू विविध प्रस्तुतिहरू पनि प्रस्तुत गरेका थिए ।

Published Date: 07 April 2024
ताजा
काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता