एक महिनाको अवधिमा सुनको मूल्य बढ्यो तोलामा रू १७ हजार

एक महिनाको अवधिमा सुनको मूल्य बढ्यो तोलामा रू १७ हजार : Icon Khabar

काठमाडौँ, चैत २४ । बजारमा डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १७ हजार पाँच रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । फागुनको पहिलो साता प्रतितोला एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य चैत अन्तिम साता बढेर एक लाख ३४ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फागुन महिनामा उतारचढाव रहेको सुनको मूल्य चैत महिना सुरु भएदेखि निरन्तर बढ्दै गएको हो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा भएको मुद्रास्फीतिका कारणले सुनको मूल्य एक्कासि बढ्न गएको जानकारी दिए ।

बिहीबार भने सुनको मूल्य एक हजार तीन सयले घटेको छ । बुधबार प्रतितोला १ लाख ३४ हजार रुपियाँमा कारोबार भएको बिहीबार घटेर एक लाख ३२ हजार सात सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार ३०२ डलर पुगेको छ । डेढ महिनादेखि लगातार सुनको मूल्य बढेपछि स्थानीय बजारमा कारोबार ठप्प रहेको छ । लगनको सिजन नभएको र मूल्य निरन्तरण बढेकाले पनि कारोबार न्यून रहेको व्यवसायीको भनाइ छ । महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले सुनको कारोबार घटेर २० देखि २५ प्रतिशतमा झरेको जानकारी दिनुभयो ।

हाल दैनिक पाँचदेखि १० किलोसम्म मात्र सुन बिक्री हुने गरेको उहाँको भनाइ छ । कारोबार नहुँदा अधिकांश सुन पसलमा सुनको मौज्दात रहेको छ । नेपाल बैङ्कर सङ्घका अनुसार अहिले बैङ्कमा १ सय १७ किलो सुन मौज्दात छ । बैङ्कमा सुन थन्किएपछि बैङ्कले आफैँ पनि सुन आयात गरिरहेका छैनन् । लामो समय बैङ्कमा थुप्रिँदा बिमा, भाउ उतारचढावको जोखिम रहन्छ ।

बैङ्कमै सुन हुँदा होल्डिङ चार्ज बढ्दै जान्छ । बिमा पनि हुन्छ । मूल्य बढ्दा जोखिम पनि बैङ्कले नै बेहोर्नु पर्छ । त्यही भएर पनि बैङ्कले आयात बन्द गरेका हुन् ।

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपालमा पनि बढाइन्छ । मूल्य बढेकै कारण लगनको सिजनमा सुनको कारोबारमा प्रत्यक्ष असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले भनाइ छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2024
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल