हैदरवादले चेन्नईलाई हरायो

हैदरवादले चेन्नईलाई हरायो : Icon Khabar

काठमाडौं, चैत २४ । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

हैदरावादमा भएको खेलमा घरेलु टोलीले ६ विकेटको सहज जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदरावादले १९ औं ओभरको पहिलो बलमा पूरा गर्यो । हैदरावादले दोस्रो जित दर्ता गर्दा चेन्नईले दोस्रो हारको सामना गर्यो ।

हैदरावादका लागि एडन मारक्रमले ५० रन जोडे । उनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरका थिए । त्यसअघि ओपन अभिषेक शर्माले १२ बलमा ३ चौका र ४ छक्कासहित ३७ रन जोडेर आक्रामक सुरुवात दिलाएका थिए । अर्का ओपनर ट्राभिस हेडले २४ बलमा ३१ रन जोडे ।

चेन्नईका मोइन अलीले २ विकेट लिँदा महेश थिक्सना र दीपक चाहरले १-१ विकेट लिए । त्यसअघि चेन्नईले शिवम दुवेको ४५ रनमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो । उनले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर रचिन रविन्द्र १२ रनमा आउट हुँदा कप्तान रुतुराज गैक्वादले २६ रन बनाए । अजिंक्या रहानेले ३० बलमा ३५ तथा रविन्द्र जडेजाले २३ बलमा नटऔ ३१ रन बनाए । हैदरावादका ५ बलरले १-१ विकेट बाँडे ।

तेस्रो स्थानको चेन्नई र पाँचौ स्थानको हैदरावादको ४ खेल ४ अंक छ । शीर्षस्थानमा कोलकाता र राजस्थान ३ खेलमा ६-६ अंकका साथ अपराजित छन् । लखनउ, पन्जाब र गुजरातको ४-४ तथा बेंगलुरु र दिल्लीको २-२ अंक छ । मुम्बईले खाता खोलेको छैन ।

शनिबार एकमात्र खेलमा राजस्थान र बेंगलुरु खेल्नेछन् ।

Published Date: 06 April 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु