हैदरवादले चेन्नईलाई हरायो

हैदरवादले चेन्नईलाई हरायो : Icon Khabar

काठमाडौं, चैत २४ । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

हैदरावादमा भएको खेलमा घरेलु टोलीले ६ विकेटको सहज जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदरावादले १९ औं ओभरको पहिलो बलमा पूरा गर्यो । हैदरावादले दोस्रो जित दर्ता गर्दा चेन्नईले दोस्रो हारको सामना गर्यो ।

हैदरावादका लागि एडन मारक्रमले ५० रन जोडे । उनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरका थिए । त्यसअघि ओपन अभिषेक शर्माले १२ बलमा ३ चौका र ४ छक्कासहित ३७ रन जोडेर आक्रामक सुरुवात दिलाएका थिए । अर्का ओपनर ट्राभिस हेडले २४ बलमा ३१ रन जोडे ।

चेन्नईका मोइन अलीले २ विकेट लिँदा महेश थिक्सना र दीपक चाहरले १-१ विकेट लिए । त्यसअघि चेन्नईले शिवम दुवेको ४५ रनमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो । उनले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर रचिन रविन्द्र १२ रनमा आउट हुँदा कप्तान रुतुराज गैक्वादले २६ रन बनाए । अजिंक्या रहानेले ३० बलमा ३५ तथा रविन्द्र जडेजाले २३ बलमा नटऔ ३१ रन बनाए । हैदरावादका ५ बलरले १-१ विकेट बाँडे ।

तेस्रो स्थानको चेन्नई र पाँचौ स्थानको हैदरावादको ४ खेल ४ अंक छ । शीर्षस्थानमा कोलकाता र राजस्थान ३ खेलमा ६-६ अंकका साथ अपराजित छन् । लखनउ, पन्जाब र गुजरातको ४-४ तथा बेंगलुरु र दिल्लीको २-२ अंक छ । मुम्बईले खाता खोलेको छैन ।

शनिबार एकमात्र खेलमा राजस्थान र बेंगलुरु खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित