टर्कीको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

टर्कीको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, चैत २१ । टर्कीको स्तानबुल शहरमा रहेको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्तानबुलको एक बहुतल्ले भवनको बेसमेन्टमा रहेको मस्सरेड नामक नाइटक्लब मर्मतका लागि दिउसो समय बन्द गरिएको थियो ।

बन्द रहेकै अवस्थामा दिउसो अचानक आगलागी भएको बताइएको छ । आगलागीको कारण अझै स्पष्ट नभएको स्तानबुलका गभर्नर दाउट गुलको भनाइ छ । गभर्नर गुलका अनुसार आगलागीमा ज्यान गुमाउनेहरु क्लबको मर्मत कार्यमा संलग्न रहेकाहरु नै रहेको अनुमान गरिएको छ ।

आगलागीको विषयमा अनुसन्धान जारी छ । अनुसन्धानका लागि नाइटक्लबका प्रबन्धक र मर्मत संभारका लागि जिम्मेवारी व्यक्ति सहित ८ जनालाई पक्राउ गर्न वारेन्ट जारी गरिएको छ । त्यस मध्ये तीन जनालाई हिरासतमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2024
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)