टर्कीको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

टर्कीको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, चैत २१ । टर्कीको स्तानबुल शहरमा रहेको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्तानबुलको एक बहुतल्ले भवनको बेसमेन्टमा रहेको मस्सरेड नामक नाइटक्लब मर्मतका लागि दिउसो समय बन्द गरिएको थियो ।

बन्द रहेकै अवस्थामा दिउसो अचानक आगलागी भएको बताइएको छ । आगलागीको कारण अझै स्पष्ट नभएको स्तानबुलका गभर्नर दाउट गुलको भनाइ छ । गभर्नर गुलका अनुसार आगलागीमा ज्यान गुमाउनेहरु क्लबको मर्मत कार्यमा संलग्न रहेकाहरु नै रहेको अनुमान गरिएको छ ।

आगलागीको विषयमा अनुसन्धान जारी छ । अनुसन्धानका लागि नाइटक्लबका प्रबन्धक र मर्मत संभारका लागि जिम्मेवारी व्यक्ति सहित ८ जनालाई पक्राउ गर्न वारेन्ट जारी गरिएको छ । त्यस मध्ये तीन जनालाई हिरासतमा लिइएको छ ।

Published Date: 03 April 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता