बार्सिलोना रियल सोसिडाडलाई १–० गोलले पराजित गर्दै सेमिफाईनलमा

बार्सिलोना रियल सोसिडाडलाई १–० गोलले पराजित गर्दै सेमिफाईनलमा : Icon Khabar

काठमाडौं, माघ १२ । स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले रियल सोसिडाडसंग १–० गोलले जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोलले हराउदै सेमिफाईनलको यात्रा तय गरेका छन् ।

खेलमा औसमाने डेम्लेबेले ५२ औँ मिनेटमा रियल सोसिडाड विरुद्ध गोल गरेको थियो । बार्सिलोनाको जितमा निर्णायक डेम्लेबेको गोल नै निर्णायक भएको थियो । सोसिडाडमाथि लगातार गोलको अवसर बनाएपनि बार्सिलोनालाई गोल गर्न निकै सङ्घर्ष गर्नु परेको थियो ।

खेलमा ब्राइस मेन्डेसले बार्सिलोनाका सर्जियो बुस्क्वेटमाथि फल गरेपछि रातो कार्ड पाउँदै बाहिरिएका थियो भने सोसिडाड ४०औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2023
Website | + posts