बार्सिलोना रियल सोसिडाडलाई १–० गोलले पराजित गर्दै सेमिफाईनलमा

बार्सिलोना रियल सोसिडाडलाई १–० गोलले पराजित गर्दै सेमिफाईनलमा : Icon Khabar

काठमाडौं, माघ १२ । स्पेनिस कोपा डेल रे फुटबलमा बार्सिलोनाले रियल सोसिडाडसंग १–० गोलले जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोलले हराउदै सेमिफाईनलको यात्रा तय गरेका छन् ।

खेलमा औसमाने डेम्लेबेले ५२ औँ मिनेटमा रियल सोसिडाड विरुद्ध गोल गरेको थियो । बार्सिलोनाको जितमा निर्णायक डेम्लेबेको गोल नै निर्णायक भएको थियो । सोसिडाडमाथि लगातार गोलको अवसर बनाएपनि बार्सिलोनालाई गोल गर्न निकै सङ्घर्ष गर्नु परेको थियो ।

खेलमा ब्राइस मेन्डेसले बार्सिलोनाका सर्जियो बुस्क्वेटमाथि फल गरेपछि रातो कार्ड पाउँदै बाहिरिएका थियो भने सोसिडाड ४०औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एजेन्सी

Published Date: 26 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न