मेयर शाहले गृहमन्त्रीसँग सुकुम्बासी बस्ती हटाउनका लागि सहयोग गर्न आग्रह

मेयर शाहले गृहमन्त्रीसँग सुकुम्बासी बस्ती हटाउनका लागि सहयोग गर्न आग्रह : Icon Khabar

काठमाडौं, माघ १२ । बिहिबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र गृह मन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । भेटमा मेयर शाहले गृहमन्त्री लामिछानेसँग सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

मन्त्रालयका एक अधिकारी अनुसार मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएका थिए । उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनले केही समन्वयको अभाव भएपनि प्रहरी र प्रशासनले असहयोग गरेको भन्दै टिप्पणी गरेको छलफलमा सहभागी एकले बताए ।

भेटवार्ता पछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका थिए । तर, यसरी हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उनले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 January 2023
Website | + posts


ताजा
फिल्म ‘चिट्ठी’ को ट्रेलर सार्वजनिक
आइतबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू