मेयर शाहले गृहमन्त्रीसँग सुकुम्बासी बस्ती हटाउनका लागि सहयोग गर्न आग्रह

मेयर शाहले गृहमन्त्रीसँग सुकुम्बासी बस्ती हटाउनका लागि सहयोग गर्न आग्रह : Icon Khabar

काठमाडौं, माघ १२ । बिहिबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र गृह मन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । भेटमा मेयर शाहले गृहमन्त्री लामिछानेसँग सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

मन्त्रालयका एक अधिकारी अनुसार मेयर बालेनले १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाएका थिए । उनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए । बालेनले केही समन्वयको अभाव भएपनि प्रहरी र प्रशासनले असहयोग गरेको भन्दै टिप्पणी गरेको छलफलमा सहभागी एकले बताए ।

भेटवार्ता पछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताएका थिए । तर, यसरी हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उनले धारणा राखेका थिए ।

Published Date: 26 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ