रियल मड्रिडले एट्लेटिको मड्रिडलाई ३–१ गोलले हराउँदै सेमिफाईनलमा

रियल मड्रिडले  एट्लेटिको मड्रिडलाई ३–१ गोलले हराउँदै सेमिफाईनलमा : Icon Khabar

काठमाडौं, माघ १३ । स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिडले एट्लेटिको मड्रिडसंग ३–१ गोलले जित निकालेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै रियल सेमिफाईनलको यात्रा तय गरेका छन् ।

खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता पनि खेलको ७९ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा गएको खेलको ९९ औं मिनेटमा स्टेफन साभिचले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो । त्यस पछि खेलको करिम बेन्जिमाले १०४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए र भिनिसियस जुनियरले खेलको अतिरिक्त समयको इन्जुरी समयमा गोल गर्दै रियललाई रियललाई ३–१ को जित दिलाए । ।

अर्को खेलमा एट्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३–१ ले नै हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।

Published Date: 27 January 2023
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय