नेत्रज्योति संघको निःशुल्क आँखा शिविर मार्फत ३५८ जनाले पाए नयाँ दृष्टि

नेत्रज्योति संघको निःशुल्क आँखा शिविर मार्फत ३५८ जनाले पाए नयाँ दृष्टि : Icon Khabar

कपिलवस्तु, माघ १२। कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनालाई उज्यालो प्रदान गरिएको छ । नेत्रज्योति संघ, अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिबिर मार्फत ३५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरेको हो । कपिलबस्तु जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकासंगको सहकार्यमा छुट्टा छुट्टै शिबिर सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोहि पनि अन्धोपनमा जिवन विताउन नपरोस भन्ने हेतुले पछिल्लो समय हुने संग लिने र नहुँनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकार संगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरजंग अन्तरगत सञ्चालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा कपिबस्तुका दुईवटा स्थानिय तहमा निशुल्क आँखा शिविर सम्पन्न भएका हुन् ।

माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १५६ जनाको मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएको थियो भने एक हजार ७४ जनाको आँखाको परीक्षण गरिएको थियो ।

त्यस्तै बुद्धभूमि नगरपालिमा माघ ९ र १० गते सञ्चालित शिविरमा २०२ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १ हजार २९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए । घर आगनमै निःशुल्क आँखा उपचार सेवा पाएपछि स्थानीयहरुले खुसी समेत व्यक्त गरेका थिए ।

ती शिविरहरुमा अस्पतालकी चिफ मेडिकल डाइरेक्टरं, आँखा रोग विशेषज्ञ डा. सुलक्ष्मी कटुवाल नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । उक्त २ वटै शिविरमा गरेर ७२२ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको छ । हेल्पिङ ह्यान्ड इन्टरनेशनलको आर्थिक सहयोगमा दृष्टि दोष न्युनिकरणका लागि उक्त चस्मा वितरण गरिएको हो ।

४० वर्ष नाघेका लाई कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्या लाई मध्यनजर गर्दै त्यसलाई न्यूनिकरणका लागी नि–शूल्क चस्मा वितरण गरिएको हो । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

Published Date: 26 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ