शेयर बजारमा पुनः केहि अंकको गिरावट

शेयर बजारमा पुनः केहि अंकको गिरावट : Icon Khabar

काठमाडौँ, माघ १२। आज नेप्से सूचक ०.४१ अंकले घटेर २१८३.२१ विन्दुमा झरेको छ। कारोबार रकम पनि घट्दै गएको छ। बुधबार ३ अर्ब बढीको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम ३ अर्ब तल झरेको छ । यस दिन २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर कारोबार भएको छ।

आज नीर्जिवन बीमा उपसमूहको सूचक १.४९ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसमूहको सूचक १.२७ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ०.८१ प्रतिशतले बढेको छ। आज कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बाराही हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको पनि ९.९८ प्रतिशतले बढेको छ।

यता समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.६७ प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ४.५० प्रतिशत, ग्रिन भेन्चर्सको ४.५० प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ४.५० प्रतिशतले घटेको छ।

Published Date: 26 January 2023
ताजा
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय