चरिकोटमा पर्यटकीय होटल : ३ करोड ५० लाखमा ‘होटल दृश्य’ सञ्चालन

चरिकोटमा पर्यटकीय होटल : ३ करोड ५० लाखमा ‘होटल दृश्य’ सञ्चालन : Icon Khabar

चरिकोट, माघ १२ । दोलखाको सदरमुकाम चरिकोट चरिघ्याङमा ‘होटल दृश्य’ सञ्चालनमा आएको छ । बाबुराजा शाहीले ३ करोड ५० लाख लगानीमा उक्त होटल सञ्चालनमा ल्याएको हो ।

होटलमा ११ वटा कोठाहरु रहेका छन् । यसमध्ये तीन वटा अफिसका लागि र बाँकी ८ वटा पाहुनका लागि छुट्याइएको छ । सबै कोठाहरु डिलक्स रहेका छन् । एटेच बाथरुम सहित विद्युतिय प्रविधिमा टु वे प्रणाली जडान गरिएको छ । होटलमा छुटै मिटिङ हलसमेत रहेको छ । जहाँ बर्थ डे सेलिव्रेसन, अन्य भेटघाट तथा कार्यक्रम गर्न सकिने छ । होटलको विद्युतिय लाइटमा मिट, लाइट र वाम प्रविधि जडान गरिएको छ ।

होटलमा थ्री फेज लाइन जडान गरिएको छ । विद्युतिय सवारी साधनका लागि समेत रिचार्ज गर्न मिल्ने प्रविधि होटलको अर्को सुविधा पनि छ । होटलभित्रका डेकोरेसनमा निर्माणम गरिएको सामान उच्च गुणस्तरिय (ग्रे नाइट) प्रयोग गरिएको छ । सो ठाउँबाट शैलुङ, कालिञ्चोक, गौरीशंकरको रमणीय दृश्य हेर्न सकिन्छ । चरिघ्याङ धार्मिक हिसावले प्रसिद्ध क्षेत्र हो । दोलखामा पर्यटन प्रर्वद्धनसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल दृश्य पहिलो गन्तव्य हुने संचालक शाहीको विश्वास छ।

२०७८ मंसिर २२ गतेबाट होटल निर्माण सुरु गरिएको थियो । होटल निर्माण सम्पनसँगै सञ्चालनमा ल्याइएको छ । होटलको टपबाट सिंगो दोलखाको दृश्य ३६० डिग्रीमा हेर्न सकिने छ । हिउँ पर्दा र मौषम खुल्दा कालिञ्चोक,रोल्वालिङ हिमश्रृंखलालाई व्याग राउन्डमा राखेर तस्वीर खिच्न सकिने छ । बाइक पार्किङ, हेभि गाडि र लाइट गाडि सहजै पार्किङको व्यवस्था रहेको छ ।

विशेषगरी नेपाली अर्गानिक खाना पाइन्छ । थकालि खाना, कन्टिनेन्टल फुड, चाइनिज फुड, इन्डियन फुड पाइन्छ । साथै तामाकोशीको माछा समेत पाइन्छ । विभिन्न प्रकारका चिया र कफिको स्वाद समेत लिन सकिने छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि पहिलो प्राथमिकता रहने छ शाहीले भनेका छन्।

Published Date: 26 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ