विद्यार्थीको उत्तरपुस्तिका हराइरहने त्रिवि

विद्यार्थीको उत्तरपुस्तिका हराइरहने त्रिवि : Icon Khabar

काठमाडौँ, चैत १४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयमा अर्को विषयको पनि उत्तरपुस्तिका हराएको खुलासा भएको छ । अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उत्तरपुस्तिका हराएको विषयमा आन्तरिक छानबिन थालिएको छ । उत्तरपुस्तिका खोज्दा नभेटिएपछि ११ चैतमा पनिकाले आन्तरिक सर्कुलरसमेत जारी गरेको थियो ।

यसअघि स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका हराएको थियो । गत कात्तिकको पहिलो साता भएको जनसङ्ख्या विषयको परीक्षाको उत्तरपुस्तिका सम्परीक्षण गर्नु अघि नै हराएको हो । देशभरबाट ल्याइएका १६५ थान उत्तरपुरस्तिका हराएको थियो । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत पुनः जाँच गर्नुपर्ने हुन्छ । उक्त सम्परीक्षण गर्नु अघि नै उत्तरपुस्तिकाको पोकै हराएको थियो ।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो उक्त विषयको पुनः परीक्षा गराउने गरी गृहकार्य सुरु भएको छ । कुनै सूचना जारी नगरीकनै सम्बन्धित क्याम्पसमा जति परीक्षार्थी छन् त्यहीअनुसार प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीका अनुसार तत्कालै परीक्षा तालिका बनाएर पुनः परीक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘उत्तरपुस्तिका कतै मिसिङ भएको पाइएको छ । उत्तर पुस्तिकाहरू धेरै हुन्छन् । मिलाउने क्रममा कति कतै मिसिङ हुने गरेको देखिन्छ.’ ती अधिकारीले भने । – रातोपाटि अनलाइनबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)