आगोले पोलेर घाइते भक्तपुरकी सन्जु रानामगरको मृत्यु

आगोले पोलेर घाइते भक्तपुरकी सन्जु रानामगरको मृत्यु : Icon Khabar

भक्तपुर, चैत १४ । ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोल दहगाँउमा बस्ने ४७ वर्षकी सन्जु रानामगरको मृत्यु भएको छ ।

मंगलवार जलेर घाईते भएकी रानामगरको उपचारका क्रममा आज मृत्यु भएको हो । रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन । उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

रानामगरलाई उपचारका लागि धुुलिखेल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंगलवारराती नै किर्तिपुर लागिएको थियो । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Published Date: 27 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास