आगोले पोलेर घाइते भक्तपुरकी सन्जु रानामगरको मृत्यु

आगोले पोलेर घाइते भक्तपुरकी सन्जु रानामगरको मृत्यु : Icon Khabar

भक्तपुर, चैत १४ । ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोल दहगाँउमा बस्ने ४७ वर्षकी सन्जु रानामगरको मृत्यु भएको छ ।

मंगलवार जलेर घाईते भएकी रानामगरको उपचारका क्रममा आज मृत्यु भएको हो । रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन । उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

रानामगरलाई उपचारका लागि धुुलिखेल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंगलवारराती नै किर्तिपुर लागिएको थियो । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2024
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने


ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो
प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र ‘एक जीवन: तीन मिसन’ सार्वजनिक