होलीमा नियम उलङ्घन गरी उपत्यकामा सवारी चलाउने ७६ जना पक्राउ

होलीमा नियम उलङ्घन गरी उपत्यकामा सवारी चलाउने ७६ जना पक्राउ : Icon Khabar

काठमाडौं, चैत १२ । होलीको मनाउने क्रममा जथाभावी रङ दल्ने तथा नियम उलङ्घन गरी सवारी चलाउने र होहल्का गरेको आरोपमा काठमाडौं उपत्यकाबाट ७६ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अवदेश विष्टका अनुसार पक्राउ पर्नेमा ६९ जना पुरुष र ७ जना महिला छन्। पक्राउ पर्नेमा काठमाडौं जिल्लाबाट ६३ पुरुष र सात महिला गरी ७० जना , ललितपुरबाट दुई पुरुष र भक्तपुर जिल्लाबाट चार पुरुष रहेका छन्।

यस्तै ट्राफिक नियम उलङ्घन गरेको आरोपमा चार पाङ्ग्रे सवारी १५ वटा र मोटरसाइकल ६४९ वटा समातिएका छन्। उनीहरुलाई जरिवाना गरी सचेत बनाएर छाड्ने प्रक्रियामा रहेको उनको भनाइ छ।

पक्राउ परेकालाई अवस्था हेरेर मात्र मुद्दा चलाइने उनको भनाइ छ। गत वर्षको तुलनामा यस वर्ष काठमाडौं उपत्यकमा होली शान्तिपूर्वक रुपमा सम्पन्न भएको विष्टले बताए ।

उनले भने, ‘गतवर्षको तुृलनामा यसवर्ष उपत्यकामा होली शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। केही पक्राउ परे पनि अन्य अप्रीय घटना भने भएनन्।’

उपत्यकामा होलीलाई सुरक्षित बनाउने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो। उपत्यकाका ६० बढी स्थानमा सुरक्षा चेकजाँच भएको थियो। ड्रोनबाट समेत निगरानी गरिएको थियो।

Published Date: 25 March 2024


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न