इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु

इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु : Icon Khabar

गाजा (प्यालेस्टिन), चैत १२ । गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन्। इजराइली सेनाको उक्त आक्रमणसँगै कूल मृत्यु हुनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।

स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजराइली सेनाले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रका विभिन्न स्थानमा हवाई र जमिन आक्रमण गरेको थियो।

Published Date: 25 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी