होलीको विवादमा ललितपुर ढोलाहिटीमा ‘ग्याङ फाइट’, दुई जनाको हत्या

होलीको विवादमा ललितपुर ढोलाहिटीमा ‘ग्याङ फाइट’, दुई जनाको हत्या : Icon Khabar

ललितपुर, चैत १२ । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ । होली खेल्ने क्रममा विवाद हुँदा गए राति ९ बजे दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा २८ वर्षका रोवश राई र ३० वर्षका पुजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ । रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए ।

‘हामीलाई राति ११ बजे खबर आएपछि हाम्रो टोली घटनास्थलमा पुगेको हो,’ एसपी सुवेदीले सुनाए, ‘त्यतिञ्जेलसम्म अस्पताल पुर्‍याइएका दुबै युवाको मृत्यु भइसकेको थियो ।’ पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे । धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरुबीच के निहुँमा ग्याङ फाइट भयो खुलेको छैन,’ एसपी सुवेदीले भने, ‘हामी सीसी क्यामेराको सहायतामा घटनाको विस्तृत अनुसन्धान गरिहेका छौँ । पक्राउ परेका १८ जनालाई पनि सोधपुछ गरिरहेका छौँ ।’ मृतक दुई युवा र पक्राउ परेका १८ जना होली खेलेको हुलियामा छन् । उनीहरुबीच होली खेल्ने क्रममा विवाद भएर ग्याङ फाइट भएको आशंका प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 March 2024
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट