होलीको विवादमा ललितपुर ढोलाहिटीमा ‘ग्याङ फाइट’, दुई जनाको हत्या

होलीको विवादमा ललितपुर ढोलाहिटीमा ‘ग्याङ फाइट’, दुई जनाको हत्या : Icon Khabar

ललितपुर, चैत १२ । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ । होली खेल्ने क्रममा विवाद हुँदा गए राति ९ बजे दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा २८ वर्षका रोवश राई र ३० वर्षका पुजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ । रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए ।

‘हामीलाई राति ११ बजे खबर आएपछि हाम्रो टोली घटनास्थलमा पुगेको हो,’ एसपी सुवेदीले सुनाए, ‘त्यतिञ्जेलसम्म अस्पताल पुर्‍याइएका दुबै युवाको मृत्यु भइसकेको थियो ।’ पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे । धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरुबीच के निहुँमा ग्याङ फाइट भयो खुलेको छैन,’ एसपी सुवेदीले भने, ‘हामी सीसी क्यामेराको सहायतामा घटनाको विस्तृत अनुसन्धान गरिहेका छौँ । पक्राउ परेका १८ जनालाई पनि सोधपुछ गरिरहेका छौँ ।’ मृतक दुई युवा र पक्राउ परेका १८ जना होली खेलेको हुलियामा छन् । उनीहरुबीच होली खेल्ने क्रममा विवाद भएर ग्याङ फाइट भएको आशंका प्रहरीले गरेको छ ।

Published Date: 25 March 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी