भक्तपुरमा वित्तीय व्यवस्थापन तालिम सम्पन्न

भक्तपुरमा वित्तीय व्यवस्थापन तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत १० । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्द्वन उपसमितिको आयोजनामा वित्तीय व्यवस्थापन तालिम संघको तालिम हलमा शनिबार सम्पन्न भयो ।

संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संस्थामा रहेको वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन र सुशासन नहुँदा सहकारीमा तरलताको जोखिम, लगानीका जोखिम, संचालन जोखिम लगाएका समस्याहरु देखिएको बताए । उनले संस्थालाई मजबुद बनाउन ऋण नोक्सानी कोषको व्यवस्था, सदस्यको धन तथा धित्तो जमानीमा मात्र ऋण प्रवाह र तरलता व्यवस्थापनलाई ध्यानदिनुपर्ने कुरा बताए।

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीको दिगो विकासको लागि दिगो वित्तिय व्यवस्थापन गर्नुपर्ने बताए । उनले सहकारीमा शेयर दायित्वलाई कम गर्दै जगेडा कोषलाई बढाउन सके लाभाँषमा सकस नपर्ने बताए। साथै सहकारीमा बचतको विविधिकरण अन्तर्गत नियमित बचत र अन्य बचतको न्यूनतम मौज्दात कायम रहेन दिर्घकालीन दायित्वको भारलाई बढाउदै लान सके वित्तीय स्थिरतामा टेवा पुग्ने उनको भनाई थियो ।

तालिमका सहजकर्ता ज्ञानमणि न्यौपानेले तालिममा सिकेका कुराहरु सहकर्मीहरुलाई पनि सिकाई संस्थामा व्यवहारिक प्रयोगमा ल्याएमा मात्र तालिमको सार्थकता रहने बताए । उनले सिकाइ कहिल्यै पनि नसकिने विषय भएकोले निरन्तर सिक्ने इच्छा चाहानालाई उर्जाशिल बनाई राख्नुपर्ने विचार राखे।

तालिममा सहभागीहरुले सहकारीमा वासलातको प्रभावकारी व्यवस्थापन, आम्दनी खर्च, कोष, व्याजदर निर्धारण, कोष बाँडफाँड लगाएताका विषयमा प्रभाकारी सिकाई भएको खुशी व्यक्त गरे । तामिलमा संघमा आबद्ध संस्थाहरुका व्यवस्थापक तथा उच्च कर्मचारीहरुकोे सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी रोकेश जोशीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2024
Website | + posts