भक्तपुर निकोसेराको नर्थ प्वाइन्ट स्कूलले मनायो ३२औं वार्षिकोत्सव

भक्तपुर निकोसेराको नर्थ प्वाइन्ट स्कूलले मनायो ३२औं वार्षिकोत्सव : Icon Khabar

भक्तपुर, चैत ११ । भक्तपुरको मध्यपुरथिमी, निकोसेरामा अवस्थित नर्थ प्वाइन्ट इंग्लिश बोर्डिङ्ग स्कूल र शुभारम्भ प्रि- स्कूलले आफ्नो ३२औं वार्षिकोत्सव समारोह शनिबार सम्पन्न गरेको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो समारोहमा विशेष अतिथिका रूपमा इसानका केन्द्रिय अध्यक्ष प्रेमजन थापा श्रेष्ठ, अतिथिका रूपमा इसानका केन्द्रिय महासचिव पुरुषोतम ग्वाछा, लायन्स क्लबकी लक्ष्मी कुमारी प्रजापति, सिटिइभिटि एसेसर रुक्सा श्रेष्ठ, शिक्षासेवी गीता प्रधान, हेल्दी लाइफ म्यागाजिनकी लेखक प्रिती राजभण्डारी, छोराछोरी नेपालकी सह निर्देशक अनिला डंगोल, ग्रामीण वातावरण व्यवस्थापन समाजकी उपाध्यक्ष लक्ष्मी व्यन्जनकार, शिक्षासेवी दिल कृष्ण प्रजापतिको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा विद्यालयको प्लेग्रुपदेखि कक्षा १० सम्म अध्ययरत सम्पूर्ण बालबालिकालाई टाइटल रिवार्ड प्रदान गरिएको थियो। साथमा विद्यार्थीहरुले नृत्य, गीतहरु पनि प्रस्तुत गरेका थिए।

कार्यक्रमकी सभाअध्यक्ष एवं विद्यालयका निर्देशक/ प्रिन्सिपल एल्सा झाले विद्यालयले आफ्नो स्थापनाकाल देखि आजको मितिसम्म भोग्दै आएका विभिन्न आरोह अवरोहका बारेका प्रकाश पारेकी थिईन्। उनले विद्यालयले विभिन्न संघर्ष छिचोल्नुपरे पनि विद्यार्थीका अभिभावक, शिक्षक शिक्षिका, जनसमुदाय, शुभचिन्तकहरुको निरन्तर साथ एवं विश्वासका कारण आफुले कहिल्यै हिम्मत नहारेको प्रष्ट पारिन्। शैक्षिक क्षेत्रमा आफुले बिताएका लामो समय केवल बालबालिकाहरुको प्रेम र उनीहरुको भविष्य उज्ज्वोल बनाउने मात्रै कर्तव्य ठान्दै आफु अघि बढिरहेको बताईन्।

निर्देशक/ प्रिन्सिपल झाले अब विद्यालयलाई थप परिष्कृत गर्दै अघि बढाउने योजना रहेको पनि बताईन्।

उक्त समारोहमा विद्यालयका अप्रेशन हेड दिपक कुमार चौधरीले स्वागत मन्तव्य राखेका थिए। एक महिला भएर भक्तपुर जिल्लाको गृह प्रशासनमा पुर्याएको योगदानलाई कदर गर्दै प्रमुख अतिथि भक्तपुरकी प्रजिअ श्रेष्ठलाई विद्यालयले दोसल्ला ओढाइ सम्मान पत्र मार्फत सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2024
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू