होली पर्वको बदलिदो स्वरुप (विचार)

होली पर्वको बदलिदो स्वरुप (विचार) : Icon Khabar

भक्तपुर, चैत ११ । चाडपर्व हाम्रा सम्पति हुन । विभिन्न मौसममा विभिन्न किसिमका चाडपर्व नेपाली समाजमा मनाइने गरिन्छ । होली पर्वलाई प्रेम र सदभावको पर्व साथै असत्यमाथि सत्यको विजय उत्सवको पर्व पनि मानिन्छ । हरेक पर्वहरुले विशेष सामाजीक महत्व बोकेको हुन्छ ।

होली पर्वलाई रंगहरुको पर्वको रुपमा मनाइन्छ । होली पर्व दुई ठुला पर्वहरुको बीचमा पर्ने गर्दछ । होलीको अगाडी महाशिवरात्री र होली पछि चैते दशै पर्दछ । त्यसैले पनि यो पर्व लाई विशेष महत्वका साथ हेरिन्छ साथै विक्रमसंम्बत पनि बसन्त ऋतुबाटै सुरु हुने गर्दछ । नेपाली पात्रो अनुसार बसन्तमा पुरानो सालको समाप्ती र नयाँ सालको सुरुवात हुने गर्दछ । यसैकारण पनि होली पर्वले हामीमा पुर्नताजगी स्फुर्ति, उन्नती प्रगतिका लहरहरु ल्याउने गर्दछ ।

होली पर्वलाई अन्य नामले पनि पुकारीन्छ जस्तै: फागु, फगुवा , होरी इत्यादी । होलीको स्वरुप पनि हरेक वर्ष बदलिदै छ । हाल आएर होली साँस्कृतिक पर्व मात्र नभई यो सिधै बजार सँग जोडिन पुगेको छ । होली आउनु १ महिना अघि नै बजारमा सेता टिसर्टहरु झुण्डाएको देखिन्छन् । पसलेहरु पनि आफनो व्यापार बढेकोमा दंग देखिन्छन् ।

हाल बजारमा १०० देखि १५० सम्ममा हाप्पी होली लेखिएका टिसर्टहरु धमाधम विक्री भैरहेका छन् । होली खेल्न अब त्यस्ता टिसर्ट अनिवार्य जस्तो ठान्न थालिएको छ ।विभिन्न संघ संस्था, स्कुल, कलेजहरुले सामुहिक रुपमा होली खेल्न सुरु गरेकाले पनि यस्तो देखिन थालेको छ ।

यो गलत हो भन्न खोजेको होइन तर सामान्य आर्थिक स्थिति भएका मानिसहरुलाई भने मार पर्ने गरेको देखिन्छ त्यसैले जात्रापर्व सरल, सहज, सभ्य तरिकाले मनाउनु जरुरी छ । खुसी हुनु सबैको अधिकारको कुरा हो । हामी मध्येकतिपय त फेसबुकमै होली मनाउन व्यस्त हुन्छौ । यो पनि समयको माग नै हो कि ?

यस पर्व संग विभिन्न किम्वदन्तीहरु रहेका छन् । प्राचिनकालमा हिरण्यकश्यपुर नामका राजा थिए । उनी अत्यन्तै क्रुर र अत्याचारी स्वभावका थिए । तर उनका छोरा प्रलाहद ईश्वर भक्त थिए । त्यतिबेला उनको राज्यमा अन्याय र अत्याचारको साम्राज्य थियो । उनको राज्यमा कसैले पनि ईश्वरको नाम लिन समेत निषेध गरिएको थियो । तर उनकै छोरा प्रलाहद ईश्वर भक्त थिए । असत्यले सत्यलाई सहन भने झै हिरण्यकश्यपुरले आफनै छोरालाई अनेक किसिमका यातनाहरु दिएका थिए ।

हिरण्यकश्यपुरले प्रलाहदलाई मार्नलाई कहिले पहाडबाट खसाले कहिले हातीबाट कुल्चाइयो ,कहिले आगोमा होमाइयो । तर उनलाई सत्यबाट च्युत गर्न सकेनन् । एक दिन हिरण्यकश्यपुरले प्रलाहदलाई ढुङ्गाको स्तम्भलाइ देखाउदै के यसमा पनि तेरो भगवान छ भनेर सोधे प्रलाहदले त्यस स्तम्भमा पनि भगवान रहेको बताए हिरण्यकश्यपुर प्रलाहदलाई मार्न तयार भए त्यसै समय ढुङ्गाको स्तम्भबाट आधा मानव आधा सिहको स्वरुपको नरसिह निस्केर हिरण्यकश्यपुरलाई मारिदिए । यसरी नरसिंहले असत्यको बाटोमा हिडेका हिरण्यकश्यपुरलाई मारेको अवसरमा होली पर्व सुरु भएको मानिन्छ ।

होली पर्व हिमाल पहाड ,तराई सबैतिर मनाइन्छ । यो पर्व हिमाल र पहाडमा फागुन र्पुिणमाको दिनमा मनाइन्छ भने तराई भेकमा यसको भोलिपल्ट मनाइन्छ । होलीको चीरदाह लाई तराई तिर “सम्मत”” जलाउने भनिन्छ । काठमाण्डौमा होली पर्वको अवसरमा मध्यरातमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन रहि आएको छ ।

रंगहरुको पर्वको रुपमा यो पर्व परिचित रहेको छ । फागुलाई बसन्तउत्सवको रुपमा पनि विश्वभर मनाइन्छ । भारतमा फागुलाई होलीका रुपमा मनाइन्छ भने म्यानमारमा टिङ्गुला, अमेरिकामा हेलोइन, जर्मनीमा इस्टर, इटालीमा रडिका नामले होली जस्तै पर्व मनाइने गरिन्छ । यस्ता पर्वले मानिसमा शान्ती र आनन्दको संचार गर्दछ हरेक दिन गरिने कामको भारले हाम्रो मन मस्तिष्क र शरिर दुबै थकाकेको हुन्छ र हामीमा तनावले बलियो जरा गाडन पुग्दछ ।

यस्ता जात्रा पर्वले मानिसलाई तनाव कम गरि हामीलाई मानसिक रुपमा स्वस्थ बनाउने काम गरेको हुन्छ त्यसैले त हाम्रा पुर्खाहरुले समय सुहाउदो जात्रा पर्वको चलन चलाएका होलान । पहिला अहिले जस्तो मनोरन्जनका साधनहरु उपलबध थिए जसले गर्दा मानिसहरु यस्ता जात्रा पर्वमा भेला भई आफना दुख सुखका कुरा गरि रमाइलो गर्ने गर्दथे । तर हाल आएर होली पर्वमा विभिन्न विकृतिहरु देखा परेका छन् ।

पर्व मनाउने नाउँमा अनावश्यक रुपमा अरुलाई लोला हान्ने, त्यसमा पनि फोहोर पानी प्रयोग गर्ने जस्ता कुराहरु दिनदिनै बढदैछन् । यस्ता अनैतिक क्रियाकलापलाई तत्काल रोक्नु जरुरी छ यसमा हामी आफै सचेत भई हाम्रा राम्रा संस्कार सस्कृतिलाई जोगाउन अघि सर्नु पर्दछ । यस्ता चाडपर्व हाम्रो पहिचान हो यि नै नभए हाम्रो अस्तित्व पनि हराउदै जान्छ ।

पुराना पुस्ताका मानिसहरुले नयाँ पुस्ताकालाई यस्ता पर्वहरुको सकारात्मक कुराहरुबारे जानकारी गराउनु पर्दछ । तर अझै पनि हाम्रो समाजमा बुबाले श्राद्धमा बिरालो बाधेको कुरालाई छोरा नातीले पनि पछि सम्म पालना गरेको जस्तै संस्कार पर्वलाई त्यसको भित्रि महत्व मर्म नबुझि ति जात्रा पर्वहरु मनाउने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने