गर्भवती हुनुहुन्छ ? होली खेल्दा सावधानी अपनाउनुस

गर्भवती हुनुहुन्छ ? होली खेल्दा सावधानी अपनाउनुस : Icon Khabar

काठमाडौं, चैत ११ । आज चैत ११ गते आइतवार काठमाडौं लगायत देशका पहाडी भूभागमा फागू पर्व अर्थात होली धूमधामका साथ मनाईँदेछ ।

होलीलाई उल्लाहमय ढंगले मनाउने तयारी प्रारम्भ भैसकेको छ । आज काठमाडौंका दजर्नौं स्थानमा कर्पोरेट शैलीका होली कार्यक्रमहरु आयोजना भैरहेका छन् । कतिपय रेडियो तथा टेलिभिजन च्यानलहरुले समेत होली विशेष कार्यक्रम आयोजना गर्दैछन् भने विभिन्न रेष्टुराँ, रिसोर्टदेखि होटलहरुमा समेत होली विशेष कार्यक्रमहरु आयोजना भैरहेका छन् ।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म होलीमा रमाइलो गर्न खोज्छन् । यद्यपि, गर्भवती महिलाहरुले भने होली खेल्ने क्रममा केही सावधानी अपनाउन अति नै अनिवार्य छ ।

यदि तपाईँ गर्भवती हुनुहुन्छ भने होली खेल्दा विभिन्न कुरामा ध्यान दिनु अति नै आवश्यक छ । के–के कुरामा ध्यान दिनु पर्छ भन्ने बारेमा हामीले संक्षिप्त जानकारी संकलन गरेका छौं ।

केमिकल भएको रंगबाट बच्ने

गर्भवती महिलाको छाला अति नै सम्वेदनशील हुन्छ । त्यसैले केमिकल मिसिएको रंगले गर्भवती महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्छ । केमिकल भएको रंगको प्रयोगले मिसक्यारेजदेखि प्रीमेच्योर डेलिभरीसम्म हुन सक्ने खतरा हुन्छ । त्यसैले गर्भवती महिलाले हर्वल रंगले मात्र होली खेल्नु पर्छ ।

भिडभाडबाट टाढा

यदि तपाईँको गर्भवती भएको तीन महिना पुरा भएको अर्थात तपाईँको गर्भ तेस्रो महिनामा चलिरहेको छ भने होली खेल्नका लागि भिडभाड भएको ठाउँमा नजानु नै उपयुक्त हुन्छ । भिडभाड भएको ठाउँमा दौडधुप बढी हुने भएकोले मिसक्यारेजको खतरा बढी हुन्छ । मानिसहरुको ठेलमठेलले लड्ने र आफूसहित गर्भमा रहेको शिशुलाई पनि चोट लाग्ने सम्भावना अत्यधिक हुन्छ ।

खानपानमा विचार

त्यसो त गर्भवती महिलाले हरेक समय खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । तर होलीमा विभिन्न ह्याबी परिकारहरु बन्ने भएकाले गर्भवती महिलाले त्यस्ता खानाबाट टाढा नै रहनु पर्छ । खाना अपच हुँदा पेट खराब हुने खतरा रहन्छ ।

भाङबाट टाढा

होलीमा रमाइलोका लागि लड्डू, चिसो पेय पदार्थमा भाङ मिसाएर खाने चलन रहेको छ । तर गर्भवती महिलाले भाङको सेवनबाट बच्नु पर्छ । भाङ सेवन गर्नाले मिसक्यारेज हुने खतरा बढी हुन्छ । सकेसम्म आफूलाई हाइड्रेट राख्नु पर्छ र कागती पानीको सेवन उपयूक्त हुन्छ ।

बजारको मिठाई सेवनबाट बच्ने

बजारमा उपलब्ध मिसावट भएका मिठाइ खानबाट बच्नु पर्छ । यस्ता मिठाईले पाचन क्रिया गडबड हुन्छ । त्यसैले बजारको मिठाई सेवन गर्नु अर्थात पेट खराब बनाउनु हो ।

पानीले होली खेल्नबाट बच्ने

पानीसंग होली खेल्नबाट गर्भवती महिला बच्नु पर्छ । पानीले होली खेल्दा चिप्लने डर हुन्छ । गर्भधारणको समयमा चिप्लनु लड्नुलाई खतरनाक मानिन्छ । पानी सफा नहुँदा छालाको एलर्जी हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

सजिलो पहिरन

होली खेल्दा त्यस्तो पहिरन लगाउनु पर्छ, जसले छालालाई हानिकारक रंगबाट बचाउन सकोस् र आफुलाई पनि हिँडडुल गर्न सहज पनि होस् ।

थकान महसुस

एउटै ठाउँमा बसेर गर्भवती महिलाले होली खेल्नु उपयुक्त हुन्छ । धमाधममा होली खेल्दा तनाव र थकानले गर्भमा रहेको शिशुमा नराम्रो असर पर्छ ।

Published Date: 24 March 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी