गर्भवती हुनुहुन्छ ? होली खेल्दा सावधानी अपनाउनुस

गर्भवती हुनुहुन्छ ? होली खेल्दा सावधानी अपनाउनुस : Icon Khabar

काठमाडौं, चैत ११ । आज चैत ११ गते आइतवार काठमाडौं लगायत देशका पहाडी भूभागमा फागू पर्व अर्थात होली धूमधामका साथ मनाईँदेछ ।

होलीलाई उल्लाहमय ढंगले मनाउने तयारी प्रारम्भ भैसकेको छ । आज काठमाडौंका दजर्नौं स्थानमा कर्पोरेट शैलीका होली कार्यक्रमहरु आयोजना भैरहेका छन् । कतिपय रेडियो तथा टेलिभिजन च्यानलहरुले समेत होली विशेष कार्यक्रम आयोजना गर्दैछन् भने विभिन्न रेष्टुराँ, रिसोर्टदेखि होटलहरुमा समेत होली विशेष कार्यक्रमहरु आयोजना भैरहेका छन् ।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म होलीमा रमाइलो गर्न खोज्छन् । यद्यपि, गर्भवती महिलाहरुले भने होली खेल्ने क्रममा केही सावधानी अपनाउन अति नै अनिवार्य छ ।

यदि तपाईँ गर्भवती हुनुहुन्छ भने होली खेल्दा विभिन्न कुरामा ध्यान दिनु अति नै आवश्यक छ । के–के कुरामा ध्यान दिनु पर्छ भन्ने बारेमा हामीले संक्षिप्त जानकारी संकलन गरेका छौं ।

केमिकल भएको रंगबाट बच्ने

गर्भवती महिलाको छाला अति नै सम्वेदनशील हुन्छ । त्यसैले केमिकल मिसिएको रंगले गर्भवती महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्छ । केमिकल भएको रंगको प्रयोगले मिसक्यारेजदेखि प्रीमेच्योर डेलिभरीसम्म हुन सक्ने खतरा हुन्छ । त्यसैले गर्भवती महिलाले हर्वल रंगले मात्र होली खेल्नु पर्छ ।

भिडभाडबाट टाढा

यदि तपाईँको गर्भवती भएको तीन महिना पुरा भएको अर्थात तपाईँको गर्भ तेस्रो महिनामा चलिरहेको छ भने होली खेल्नका लागि भिडभाड भएको ठाउँमा नजानु नै उपयुक्त हुन्छ । भिडभाड भएको ठाउँमा दौडधुप बढी हुने भएकोले मिसक्यारेजको खतरा बढी हुन्छ । मानिसहरुको ठेलमठेलले लड्ने र आफूसहित गर्भमा रहेको शिशुलाई पनि चोट लाग्ने सम्भावना अत्यधिक हुन्छ ।

खानपानमा विचार

त्यसो त गर्भवती महिलाले हरेक समय खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । तर होलीमा विभिन्न ह्याबी परिकारहरु बन्ने भएकाले गर्भवती महिलाले त्यस्ता खानाबाट टाढा नै रहनु पर्छ । खाना अपच हुँदा पेट खराब हुने खतरा रहन्छ ।

भाङबाट टाढा

होलीमा रमाइलोका लागि लड्डू, चिसो पेय पदार्थमा भाङ मिसाएर खाने चलन रहेको छ । तर गर्भवती महिलाले भाङको सेवनबाट बच्नु पर्छ । भाङ सेवन गर्नाले मिसक्यारेज हुने खतरा बढी हुन्छ । सकेसम्म आफूलाई हाइड्रेट राख्नु पर्छ र कागती पानीको सेवन उपयूक्त हुन्छ ।

बजारको मिठाई सेवनबाट बच्ने

बजारमा उपलब्ध मिसावट भएका मिठाइ खानबाट बच्नु पर्छ । यस्ता मिठाईले पाचन क्रिया गडबड हुन्छ । त्यसैले बजारको मिठाई सेवन गर्नु अर्थात पेट खराब बनाउनु हो ।

पानीले होली खेल्नबाट बच्ने

पानीसंग होली खेल्नबाट गर्भवती महिला बच्नु पर्छ । पानीले होली खेल्दा चिप्लने डर हुन्छ । गर्भधारणको समयमा चिप्लनु लड्नुलाई खतरनाक मानिन्छ । पानी सफा नहुँदा छालाको एलर्जी हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

सजिलो पहिरन

होली खेल्दा त्यस्तो पहिरन लगाउनु पर्छ, जसले छालालाई हानिकारक रंगबाट बचाउन सकोस् र आफुलाई पनि हिँडडुल गर्न सहज पनि होस् ।

थकान महसुस

एउटै ठाउँमा बसेर गर्भवती महिलाले होली खेल्नु उपयुक्त हुन्छ । धमाधममा होली खेल्दा तनाव र थकानले गर्भमा रहेको शिशुमा नराम्रो असर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2024
Website | + posts