आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने : Icon Khabar

काठमाडौँ, चैत ६ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन्। नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटक पटक संसद्मा प्रधानमन्त्रीको जवाफ माग्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 March 2024
Website | + posts