आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत ६ । आज २०८० चैत ६ गते मंगलबार, तद्अनुसार १९ मार्च २०२४ । आज फागुन शुक्ल पक्ष दशमी, पुनर्वशु नक्षत्र, शोभन योग, चन्द्र राशिः मिथुन, आज सामाजिक कार्य दिवस, सूर्योदय बिहान ६ः१० बजे, सूर्यास्त साँझ १८ः१५ बजे ।

आजको राशिफल

मेष: ठूलो कारोवारबाट ठूलै लाभ हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । परीक्षा तथा साक्षात्कार आदिमा सफलता प्राप्त हुनेछ ।

वृष: मान–सम्मान पाइने छ । यात्रा मनोरञ्जक रहेगी। कुनै मांगलिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ ।

मिथुन: व्यर्थको दौडधूप हुनेछ । समयको अपव्यय हुनेछ । काममा मन लाग्ने छैन ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

सिंह: शत्रु शान्त रहने छन् । बोलीमा नियन्त्रण राख्नु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

कन्या: भाग्योन्नतिको प्रयास सफल रहने छ । रोजगार प्राप्ति सहज हुनेछ । व्यावसायिक यात्राबाट लाभ हुनेछ ।

तुला: व्यापार–व्यवसाय राम्रो चल्ने छ । ऐश्वर्यमा खर्च हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । शुभ समाचार प्राप्त हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

धनु: आराम गर्ने समय पाइने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने प्रेरणा मिल्ने छ ।

मकर: यात्राले लाभ दिने छ । कसैको व्यवहारबाट स्वाभिमानमा ठेस लाग्ने छ । धार्मिक कार्यक्रम आयोजना हुनसक्छ ।

कुम्भ: आज मान–सम्मानको योग बन्ने छ । काममा मन लाग्ने छैन । आफ्नै मान्छेको व्यवहार प्रतिकूल रहने छ ।

मीन: विवेक पुर्याएर कार्य गर्दा समस्या हट्ने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । धनार्जन हुनेछ ।

Published Date: 19 March 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न