आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत ६ । आज २०८० चैत ६ गते मंगलबार, तद्अनुसार १९ मार्च २०२४ । आज फागुन शुक्ल पक्ष दशमी, पुनर्वशु नक्षत्र, शोभन योग, चन्द्र राशिः मिथुन, आज सामाजिक कार्य दिवस, सूर्योदय बिहान ६ः१० बजे, सूर्यास्त साँझ १८ः१५ बजे ।

आजको राशिफल

मेष: ठूलो कारोवारबाट ठूलै लाभ हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । परीक्षा तथा साक्षात्कार आदिमा सफलता प्राप्त हुनेछ ।

वृष: मान–सम्मान पाइने छ । यात्रा मनोरञ्जक रहेगी। कुनै मांगलिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ ।

मिथुन: व्यर्थको दौडधूप हुनेछ । समयको अपव्यय हुनेछ । काममा मन लाग्ने छैन ।

कर्कट: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । शारीरिक कष्टको सम्भावना छ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

सिंह: शत्रु शान्त रहने छन् । बोलीमा नियन्त्रण राख्नु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

कन्या: भाग्योन्नतिको प्रयास सफल रहने छ । रोजगार प्राप्ति सहज हुनेछ । व्यावसायिक यात्राबाट लाभ हुनेछ ।

तुला: व्यापार–व्यवसाय राम्रो चल्ने छ । ऐश्वर्यमा खर्च हुनेछ । मान–सम्मान पाइने छ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । शुभ समाचार प्राप्त हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ ।

धनु: आराम गर्ने समय पाइने छ । आम्दानीमा वृद्धि हुनेछ । सामाजिक कार्य गर्ने प्रेरणा मिल्ने छ ।

मकर: यात्राले लाभ दिने छ । कसैको व्यवहारबाट स्वाभिमानमा ठेस लाग्ने छ । धार्मिक कार्यक्रम आयोजना हुनसक्छ ।

कुम्भ: आज मान–सम्मानको योग बन्ने छ । काममा मन लाग्ने छैन । आफ्नै मान्छेको व्यवहार प्रतिकूल रहने छ ।

मीन: विवेक पुर्याएर कार्य गर्दा समस्या हट्ने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । धनार्जन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 March 2024
Website | + posts