भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता : Icon Khabar

भक्तपुर, चैत ५ । भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सोमबार बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा भक्तपुर उद्योग वाणिज्य सघको तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक दीपककुमार धूतले हस्ताक्षर गरे । सो अवसरमा वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सहयोग आदानप्रदान गर्ने प्रयोजनका लागि सम्झौता गरिएको बताए ।

सम्झौताअनुसार संघमा आबद्ध सदस्यहरुलाई बीमा सम्बन्धी सचेतना, बीमा जागरण एवं तालिम सञ्चालन गरिने उनको भनाइ छ । उनले बीमा कुनै पनि व्यक्तिलाई आर्थिक नोक्सान हुँदा वा जोखिम हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी भएकाले बीमा सबैको लागि जरुरी रहेको बताए ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका नायव महाप्रबन्धक धूतले भक्तपुर जिल्लाका उद्योगी, व्यवसायीहरुसँग सहकार्य गरी बीमा सम्बन्धी सेवा प्रदान गर्न भक्तपुर उद्योग वाणिज्य संघसँग सम्झौता गरेको स्पष्ट पारे । उनले समयमै बीमा गरे भविष्यमा हुनसक्ने क्षतिबाट राहत रकम मिल्ने भएकाले सबैले बीमा गर्नुपर्नेमा जोड दिए । प्रक्रियागत भएमा दाबी रकम समयमै भुक्तानी हुने प्रतिबद्धता जनाउँदै उनले ढुक्क भएर बीमा सेवा लिन आग्रह गरे ।

संघका उपाध्यक्ष गणेशहरि प्रजापति, महासचिव नविन प्रजापति, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका बजार व्यवस्थापन विभाग प्रमुख रामजी ढकाल र क्लस्टर मेनेजर नीमा कर्माचार्यको रोहवरमा सम्झौता गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2024
Website | + posts
ताजा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू