सामसङको ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजी स्मार्टफोन सार्वजनिक

सामसङको ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजी स्मार्टफोन सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत ५ । सामसङ इलेक्ट्रोनिक्सले आफ्ना दुई नयाँ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबारदेखि ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजी गरी दुई नयाँ मोडेल सार्वजनिक गरेको हो ।

दुवै मोबाइलमा सामसङ नक्स भउल्ट जस्ता उच्च स्तरका सुरक्षा फिचर समावेश छन् । जसले मोबाइलमा स्टोर गरिएका निजी डेटा इन्क्रिप्ट गरेर सुरक्षित रहन्छन् । यस्तोमा मोबाइल हराएमा वा चोरी भएमा तपाईंको डेटामा पहुँच बनाउन दिंदैन ।

ग्यालेक्सी ए५५ ले कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट र जीवन्त फोटो खिच्न सक्ने बताइएको छ । यो फोनमा रहेको आधुनिक एआई इमेज सिग्नल प्रोसेसिङ (आईएसपी) ले ग्यालेक्सी ए सिरिजमा पहिले कहिल्यै नदेखिएको लो(लाइट इमेज क्षमता रहेको छ । त्यस्तै यसमा रहेको नाइट पोट्रेट मोड र १२–बिट एचडीआर भिडिओले हरेक तस्विरमा मानिसहरूलाई आकर्षक देखाउने कुराको सुनिश्चितता गर्छ ।

ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी दुवैमा उत्कृष्ट फोटोग्राफी क्षमता रहेको छ । दुवै फोनमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) र भिडिओ डिजिटल इमेज स्टेबलाइजेसन (भीडीआईएस) जस्ता फिचर समावेश छन् । जसले गर्दा हिंड्दै वा गतिशील अवस्थामा खिच्दा समेत फोटो र भिडिओमा समस्या आउँदैन ।

दुवै फोनमा ६.५ इन्चको स्क्रिन रहेको छ । एन्ड्रोइड १४ मा आधारित यी फोनमा चार वर्षको ओएस, एउटा यूआई अपग्रेड र पाँच वर्षको सुरक्षा अपडेट प्राप्त हुनेछ ।

आठ जीबी र्याछम तथा १२८ जीबी स्टोरेज रहेको ग्यालेक्सी ए ३५ को मूल्य ४६ हजार ९९९ रुपैयाँ र यसको आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टलाई ५१ हजार ९९९ रुपैयाँ पर्नेछ । त्यसैगरी ग्यालेक्सी ए ५५ को आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६२ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ रहेको छ ।

यी दुवै फोनमा २५ वाटको सामसङ चार्जर पनि निःशुल्क पाइनेछ । ग्राहकले ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी इन्स्टा फाइनान्समा सरल किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

जसको लागि ग्राहकले आफ्नो नागरिकता मात्र ल्याए पुग्ने बताइएको छ । इन्स्टा फाइनान्सका साथै ग्राहकले आफ्नो कुनै पनि पुरानो डिभाइस एक्सचेन्ज गरी नयाँ ग्यालेक्सी ए ५५ फाइभजी वा ग्यालेक्सी ए ३५ फाइभजी लिन सक्नेछन् ।

यो सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको ए, एम, एस, एन वा जेड सिरिज र कुनै पनि सी ब्रान्ड स्मार्टफोनको मूल्याङ्कनमा थप २,५०० रुपैयाँ बोनस पनि पाउनेछन् । यस बाहेक सामसङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन एक्सचेन्ज गर्दा १,५०० रुपैयाँ बोनस पाउन सकिनेछ । यी सबै सुविधा नेपालभरका लागि उपलब्ध छन् ।

Published Date: 18 March 2024








ताजा
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो
अरनिको राजमार्ग सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको काम सुस्त
आईपिएलमा चेन्नईको ऐतिहासिक जित: मुम्बई १०३ रनले पराजित
२०औं लोकतन्त्र दिवस: संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रूपमा आज देशभर मनाइँदै








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा