प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने : Icon Khabar

काठमाडौँ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि दलीय आधारमा दुई घण्टाका लागि छलफलको समय तोकिएको छ।

छलफलपछि सभामुखले विश्वासको मतलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। पक्ष र विपक्षमा दस्तखतसहितको मत विभाजनबाट निर्णय हुनेछ। पक्षमा बहुमत पुगे उनले संसद्बाट विश्वास पाउनेछन् ।

कुल २७५ सदस्यीय संसदमा हाल कायम २७४ सदस्य छन् । बहुमत पुग्न १३८ मत आवश्यक पर्छ। फागुन २१ गतेपछि बनेको नयाँ गठबन्धनमा नेकपा एमाले ७९, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, जनता समाजवादी पार्टी (जसपा) १२, नेकपा एकीकृत समाजवादी (नेकपा एस) १० गरी १५४ सांसद छन्।

Published Date: 13 March 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी