टि–२० आई सिरिज उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै

टि–२० आई सिरिज उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै : Icon Khabar

काठमाडौँ, फागुन ३० । हङकङमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दैछन् । खेल नेपाली समयअनुसार मध्यान्ह ११:४५ बजे सुरु हुनेछ ।

नेपालले मंगलबार सम्पन्न खेलमा पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै पिएनजीले हिजो नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको जित दर्ता गर्दै नेपालसँग फाइनल भेट पक्का गर्यो । नेपाल र हङकङबीच भएको पहिलो खेल भने वर्षाले पूरा हुन नसक्दा अंक बाँडिएको थियो ।

नेपालले पिएनजीविरुद्ध पछिल्लो ४ टि२० खेलमा हार बेहोरेको छैन । सन् २०२२ मा नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा पनि नेपालले फाइनलमा पिएनजीलाई नै हराएको थियो । उक्त सिरिजमा मलेसिया पनि सहभागी थियो ।

नेपालले पछिल्लो खेलबाट आज केहि परिवर्तन गर्न सक्छ । बिरामी परेका कारण विश्राम पाएका तीव्र गतिका बलर अभिनाश बोहोरा टोलीमा फर्कन सक्छन् । ब्याटिङतर्फ भने नेपालले परिवर्तन गर्ने सम्भावना कम छ ।

नेपाली टोली :

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम

Published Date: 13 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास