पोखराको चाउथेमा फोर्स मोटरको सर्भिस सेन्टर सञ्चालन

पोखराको चाउथेमा फोर्स मोटरको सर्भिस सेन्टर सञ्चालन : Icon Khabar

पोखरा, माघ ११ । फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखरामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्रहाकहरुलाई बिक्रीपछिको आधुनिक सेवा सुविधा तथा पार्टपुर्जाको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको हो ।

उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । यस अगाडि चाउथेमा सञ्चालित फोर्स मोर्टसको सोरुम सञ्चालनमा आइसकेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधा सहित गाडी मर्मत गर्न सक्नेछन् । करीब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ ।

गाडी बिक्रीपछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्य राखिएको आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक निरन केसले जानकारी दिए । विगत आठ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टलले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिप बिक्री वितरण गर्दै आइरहेको छ ।
साथै फोर्सका पिकअप भ्यान, स्कूल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन् । काठमाडौंको गैरीधारामा तथा इटहरीमा आफ्नै शाखा रहेको छ ।

देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस आयाम इन्टरकन्टिनेन्टलले फोर्स मोटर्सका नयाँ मोडलका बस तथा जिपहरु समेत नेपाली बजारमा छिट्टै ल्याउन लागेको छ भने केही समय अघि मात्रै गुर्खा जिप नेपाली बजारमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने