एनआईसी एशिया र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता, १२ प्रतिशतसम्म छुट

एनआईसी एशिया र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता, १२ प्रतिशतसम्म छुट : Icon Khabar

काठमाडौं माघ ११। एनआईसी एशिया र भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता भएको छ । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवामा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको हो ।

समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष डा.अन्जनी कुमार झाले हस्ताक्षर गरे। सो समझदारी अनुसार एनआईसी एशिया बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोगकर्ता ग्राहक एवं बैंकका कर्मचारीले यो फाइदा उपभोग गर्न सक्ने छन् ।

समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग एप तथा कार्ड प्रयोगकर्ताले उक्त सेन्टरमा थ्रीडी सीआरटी, आईएमआरटी, भीम्याट, टीबीआई लगायत उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।

Published Date: 25 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न