भक्तपुरमा एक व्यक्तिद्वारा श्रीमतीको हत्या

भक्तपुरमा एक व्यक्तिद्वारा श्रीमतीको हत्या : Icon Khabar

काठमाडौं, फागुन २५ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

फागुन २४ गते बेलुकी सवा ६ बजे झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको हो ।

पवित्राको उपचारको क्रममा भक्तपुर अस्पतालमा फागुन २४ गते बेलुका सवा सात बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेका थिए । पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको छ । प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता पाठकले जानकारी दिए ।

Published Date: 08 March 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड