बागमती प्रदेशमा मन्त्रालय घटाउदै

बागमती प्रदेशमा मन्त्रालय घटाउदै : Icon Khabar

हेटौंडा, माघ ११ । बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय कायम हुने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित प्रतिवेदन मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बुझाएको थियो । उक्त प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा आज माघ ११ गते अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 January 2023
Website | + posts