तीन वटा सरकारी वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्ने : गभर्नर अधिकारी

तीन वटा सरकारी वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्ने : गभर्नर अधिकारी : Icon Khabar

काठमाडौं, माघ ११ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्ने आशय व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रिय वाणिज्य बैङ्कको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैङ्क पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताए ।

उनले पछिल्लो समय निजी क्षेत्रका बैङ्कको मर्जरमा राष्ट्र बैङ्कले बाध्यात्मक व्यवस्था नगरेको र निजी क्षेत्रका बैङ्कले अहिलेको व्यवसायीक आवश्यकता बुझेर मर्जर गरेको जिकिर गरे । निजी क्षेत्रका वाणिज्य बैङ्कको मर्जरले सरकारी बैङ्क सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैङ्कले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए। उनले सरकारी बैङ्क अहिलेको व्यावसायिक आवश्यकता बुझ्न पछाडि भएको शङ्का राष्ट्र बैङ्कलाई लागेको बताए। उनले आवश्यकतालाई सरकारी बैङ्कले महसुस गरेर नेपाल सरकार र तीन वटा सरकारी बैंकबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने बताए । तर राष्ट्र बैङ्कले कसैलाई पनि मर्जरको बाध्यात्मक व्यवस्था नगरेको जनाए ।

गभर्नर अधिकारीले बैङ्किङ व्यवसाय चुनौतीपूर्ण व्यवसाय भएको बताउदैँ राष्ट्र बैङ्क मुलुकभर बैङ्किङ सेवा विस्तार गर्न लागिरहेको समेत बताएका छन् । राष्ट्र बैङ्कले बैङ्किङ सेवालाई मुलुकभर बढाउन खोजेका र सवै स्थानीय तहमा बैङ्कका शाखा पुर्याउने बताएका छन् । राष्ट्र बैङ्कले अहिले डिजिटल बैङ्किङ कारोबारलाई बढाएको छ । कोभिडपछि डिजिटल कारोबार सन्तोषजनक रहेको बताएका छन् ।

Published Date: 25 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ