बृहत ग्रुपको ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा

बृहत ग्रुपको ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा : Icon Khabar

काठमाण्डौ, माघ १० ।नेपाली बजारमा संयुक्त अरब इमिरेट्स (यूएई)को फर्निचर ब्रान्ड ड्यानुबका उत्पादन बिक्री गर्दै आएको ड्यानुव होम नेपालले काठमाडौंको डिल्लीबजारमा दोस्रो शोरुम विस्तार गरेको छ । पुर्व मिस नेपाल प्रिती सिटौलाले मंगलबार ड्यानुव होम नेपालको दोस्रो शोरुमको उद्घाटन गरेका हुन् । ड्यानुव होम रियल इस्टेट क्षेत्रको पायोनियर संस्था बृहत ग्रुपको भगिनी संस्था हो ।


नेपालमा ड्यानुव होम नेपाल भनेर बृहत ग्रुपले संचालनमा ल्याएको छ । बृहत ग्रुपले लगानी, वास्तुकला, संरचनात्मक डिजाइन, निर्माण र निर्माण पर्यवेक्षणका साथै व्यवस्थापनबाट सबै घर जग्गाका आवश्यकताहरु पुरा गर्दछ । तसर्थ ड्यानुव होम नेपालले सबै मुल्यवान् ग्राहकहरुलाई बृहत ग्रुपको माध्यमबाट रियल इस्टेट सम्बन्धी सम्पुर्ण प्याकेज पुरा गर्दै आइरहेको छ ।


बृहत ग्रुपका अध्यक्ष डा. ओम राजभण्डारीले फर्निचर तथा फर्निसिङ हबका रुपमा परिचित डिल्लीबजार क्षेत्रमा उपभोक्ताको बदलिँदो रुचिलाई सम्बोधन गर्न शोरुम विस्तार गरिएको बताए । गुणस्तरीय उत्पादन र प्रतिस्पर्धी मूल्य ड्यानुवको पहिचान भएको उल्लेख गर्दै अध्यक्ष राजभण्डारीले सहरी क्षेत्रमा उपभोक्ताको आवश्यकता अनुसारका उत्पादन शोरुममा राखिएको बताए ।

हरेक नेपालीहरुको जीवनशैलीलाई माथि उकास्न र स्तरोन्नति गर्न ड्यानुव होम नेपाललाई नेपाली बजारमा ल्याइएको उहाँको भनाइ छ । एकै छानामुनी घरको सबै आन्तरीक आवश्यकताहरुका लागि ‘वान् स्टप सल्युसन’ले घरधनीहरुलाई आफ्नो नयाँ घरमा सहज रुपमा स्थानान्तर गर्न मद्दत गर्ने र लगानीकर्ता हरुलाई गुणस्तरीय उत्पादन सहित किफायति मुल्यमा लगानी गर्ने अवसर प्रदान गर्ने उहाँको विश्वास रहेको बताए ।

ड्यानुव होमको सुन्धारा ताहागल्लि स्थित पहिलो शोरुमको सफलतापछि बृहत ग्रुपले डिल्लीबजारको पुण्य म्यानसनमा दोस्रो शोरुम खोलेको छ ।

ड्यानुव होमको बारेमा
ड्यानुव होम नेपाल एक दुबईमा आधारित फ्रान्चाइज कम्पनी हो जुन ग्राहकहरुलाई उनीहरुको सपनाको घरलाई वास्तविकतामा परिणत गर्न आवश्यक पर्ने सम्पुर्ण सामानहरु प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको हो । ड्यानुव होमले विभिन्न प्रकारका उच्च गुणस्तरका उत्पादनहरुको फराकिलो दायराका साथसाथै घरको आन्तरिक आवश्यकताहरुको लागि एक ‘वान् स्टप सल्युसन’को रुपमा कार्य गर्दछ ।

यहाँ ४०,००० भन्दा बढि उत्पादनहरु रहेका छन् जुन विश्वका २४ विभिन्न देशहरुबाट प्राप्त गरिन्छ , जसअन्तर्गत मलेसिया, टर्की, ब्राजिल, स्पेन, भियतनाम लगायतका अन्य देशहरु पर्दछन् । ड्यानुव होम विश्वभर ४० भन्दा बढि स्थानहरुमा रहेको छ, जस मध्ये नेपाल पनि समावेश छ ।

Published Date: 24 January 2023








ताजा
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ