सोभियत दिक्षित विज्ञहरुको संस्था मित्रकुञ्जले मनायो ११४ औं अन्तराष्ट्र्यि नारी दिवस

सोभियत दिक्षित विज्ञहरुको संस्था मित्रकुञ्जले मनायो ११४ औं अन्तराष्ट्र्यि नारी दिवस : Icon Khabar

काठमाडौं, फागुन २४ । ०८ मार्च २०२४ को पूर्वसंन्ध्यामा पूर्व सोभियत संघका देशहरूवाट उच्च शिक्षा हासिल गरेका विज्ञहरूको संस्था मित्रकुञ्जले ११४ औं अन्तराष्ट्र्यि नारी दिवस मनाएको छ । रुसी भवन, कमलपोखरीमा आयोजित उक्त कार्यक्रमको संचालक ई. हरि प्रसाद शर्मा, सभापतित्व संस्थाका अध्यक्ष ई महेश प्रसाद पाण्डे र प्रमुख अतिथि रुसी राजदुतावासकी प्रथम महिला अलिना बारिसोभ्ना नोभिकोभा थिइन्।

कार्यक्रमको संचालन गर्दै वरिष्ठ ई. हरि प्रसाद शर्माले पुरुष शिक्षित हुँदा एकजना मात्र हुने तर महिला शिक्षित हुँदा पुरा परिवार शिक्षित हुन्छ भनेका थिए । सहभागीहरुको स्वागत गर्दै मित्रकुञ्जका उपाध्यक्ष ई केशवराज विष्टले यो वर्षको अन्तर्राष्ट्र्ीय नारी दिवसको नारा “नारीमा लगानी, प्रगतिमा तीब्रता” बारे प्रकाश पारे। रुसी भवनका निर्देशक आन्तोन मास्लोभले सोभियत संघबाट शुरु भएको नारी दिवसको संस्कृतिलाई त्यहाँ अध्ययन गरी फर्केका विज्ञहरुले निरन्तरता दिएकोमा खुशी व्यक्त गरे।

विशिष्ट अतिथिको तर्फबाट गायत्री कंसाकारले मीठो रुसी भाषामा मैले पचास वर्ष अघि सोभियत संघमा गएर मात्र ८ मार्च र नारी दिवस बारे थाहा पाएको बताए । अझै पनि हामी कहाँ नारी अधिकार अधिकांश व्यवहारमा भन्दा कागज मै रहेको यहाँको कथन थियो ।

संस्थाका सचिव ई. रामविन्दु श्रेष्ठले अन्तर्राष्ट्र्ीय नारी दिवस मनाउने परम्परा हामीले विशेषतः सोभियत संघबाट सिकेको ; त्यहाँ यो अभिन्न संस्कृतिको रुपमा विकास भएको र चाडपर्व जस्तै मनाइने गरिन्थ्यो भन्दै नेपाल र अन्य देशमा यसलाई औपचारिक कार्यक्रमको रुपमा मात्र मनाइन्छ भनेका थिए । लगत्तै उनले “जय नारी ” भन्ने निबन्ध महात्म्य सुनाए।

विशिष्ट अतिथि तथा लेखिका डा. सशी आचार्यले नारीहरुमा विविध लगानी अन्तत्वगत्वा समग्र समाजको हितमा लगानी हो भन्दै , यो दिवस हामी सबैको हो, हामी गौरवशाली महिला हुनुमा पुरुषहरुको पनि ठूलो भूमिका छ भनीन्।

कार्यक्रमको बीचमा मित्रकुञ्ज सांगितिक उपसमितिका ई. सन्जय श्रेष्ठ र डा.प्रविण प्रधानहरुले रुसी तथा नेपाली गीतहरु गाएर रमाइलो तुल्याए।

कार्यक्रमका अन्त्यमा प्रमुख अतिथि अलिना नोभिकोभाले महिलाहरु समयन्वकारी मात्र नभै नेतृत्वदायी भूमिकामा समेत सक्षम रहेको बताई भने सभापतिको आसनबाट ई. महेश पाण्डेले सबै सहभागी तथा कार्यकारिणी समितिलाई धन्यवाद दिए।

करीब ५७ बर्ष अघि स्थापित नेपाल कै पुराना अलुम्युनाइ संस्थाहरु मध्य एक मित्रकुञ्जले यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Published Date: 07 March 2024


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर