आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, फागुन २५ । आज २०८० फागुन २५ गते शुक्रबार, तद्अनुसार ८ मार्च सन् २०२४ । आज फागुन कृष्ण पक्ष त्रयोदशी (१०ः२० बजेसम्म), तत्पश्चात कृष्ण पक्ष चतुर्दशी तिथि, श्रवण नक्षत्र, शिव योग १ः०८ बजेसम्म तत्पश्चात सिद्द योग, चन्द्र राशिः मकर, आज महाशिवरात्री तथा अन्तर्राष्ट्रिय नारी दिवस, सूर्योदय बिहानः ०६ः२१ बजे, सूर्यास्तः साँझ ०६ः०८ बजे ।

आजको राशिफल

मेष: व्यावसायिक यात्रा लाभदायक रहने छ । नवीन वस्त्राभूषणको प्राप्ति हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

वृष: व्यय वृद्धिले तनाव हुनेछ । पारिवारिक चिन्ता रहने छ । साथीहरुको सहयोग प्राप्त हुनेछ ।

मिथुन: लामो यात्रा हुनसक्छ । लाभ हुनेछ । प्रसन्नता रहने छ ।

कर्कट: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । कुनै ठूलो कार्य गर्न सक्नु हुनेछ । प्रसन्नता रहने छ, प्रतिष्ठा बढ्ने छ ।

सिंह: राजकीय सहयोगबाट कार्य पूर्ण तथा लाभदायक रहने छ । शेयर मार्केटमा जोखिम नलिनु होला । प्रसन्नता कायम रहने छ ।

कन्या: सवारीसाधन, मशीनरी तथा आगोको प्रयोगबाट हानिको आशंका छ । अरुको झगडामा हस्तक्षेप नगर्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला ।

तुला: शत्रुहरु पराजित हुनेछन् । वैवाहिक प्रस्ताव प्राप्त हुनसक्छ । व्यवसायबाट लाभ हुनेछ ।

वृश्चिक: सम्पत्ति किनबेचबाट ठूलो लाभ हुनसक्छ । भाग्योन्नतिको प्रयास सफल रहने छ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ ।

धनु: मेहनतको फल पूर्ण रुपले पाइने छैन । स्वास्थ्य खराब हुनसक्छ । बौद्धिक कार्य सफल रहने छ ।

मकर: लेन–देनमा सावधानी अपनाउनु होला । कुनै अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । व्यस्तता रहने छ ।

कुम्भ: मेहनत सफल रहने छ । कार्य सिद्धिबाट प्रसन्नता रहने छ । सामाजिक कार्य गर्ने अवसर पाइने छ ।

मीन: पुराना साथीभाइ अथवा आफन्तसंग भेटघाट हुनेछ । राम्रो खबर पाइने छ । लाभमा वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2024
Website | + posts