तेश्रो भक्तपुर कप २०८०: पाण्डुबजार फ्रेन्डशीप क्लब र सामाजिक युथ क्लब फाइनलमा प्रवेश

तेश्रो भक्तपुर कप २०८०: पाण्डुबजार फ्रेन्डशीप क्लब र सामाजिक युथ क्लब फाइनलमा प्रवेश : Icon Khabar

भक्तपुर, फागुन २४ । तेश्रो भक्तपुर कप २०८० को सेमिफ़ाइनलका खेलहरु आज सम्पान भएका छन् ।

आज पाण्डुबजार फ्रेन्डशीप क्लब र झौखेल युनाइटेडबीच भएको खेलमा पाण्डुबजार फ्रेन्डशीप क्लबले झौखेल युनाइटेडलाई २-० गोलले पराजित गर्यो।

साथै आजै सामाजिक युथ क्लब र वी आर ब्रडर्सबीचको खेलमा सामाजिक युथ क्लबले वी आर ब्रडर्सलाई १-० गोलले पराजित गर्यो।
योसँगै पाण्डुबजार फ्रेन्डशीप क्लब र सामाजिक युथ क्लब फाइनलमा प्रवेश गरेका छन्।

फाइनल खेल फागुन २६ गते शनिबार हुनेछ। साथै तेश्रो भक्तपुर कप २०८० को समापन समारोह फागुन २६ गते बिहान ११ बजे हुने आयोजक भक्तपुर युवा टीमले जानकारी दिएको छ।

Published Date: 07 March 2024


ताजा
नेप्सेको सीईओ पदका लागि आवेदन खुल्यो
नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ पार, अरू कति?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न