किकम्पा मन्टेश्वरीमा दादुरा रुबेला खोप कार्यक्रम सम्पन्न

किकम्पा मन्टेश्वरीमा दादुरा रुबेला खोप कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २० । किकम्पा मन्टेश्वरी प्रि स्कूल सुर्यविनायक इतबुं, भक्तपुरमा शनिबार दादुरा रुबेला खोप कार्यक्रम सम्पन्न भएको छ।

सुर्यविनायक नगरपालिका सिपाडोल स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा उक्त खोप कार्यक्रम समपन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेश लाखाले विद्यार्थीका अभिभावकलाई खोपको महत्वका बारेमा जानकारी दिए।

उनले दादुरा रुबेला अतिनै संक्रामक र प्राणघातक भएकोले यसको संक्रमणबाट बालबालिकाको ज्यान समेत जानसक्ने तर्फ सचेत गराए। विद्यालयमै खोप केन्द्र भएकोले विद्यार्थी र अभिभावकले सहज महसुस गरेको र प्रभावकारी भएको प्रति उनले खुशी ब्यक्त गरे।

सो खोप कार्यक्रममा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थी लाभान्वित भएको प्रिन्सिपल लाखाले जानकारी दिए।

Published Date: 03 March 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी