किकम्पा मन्टेश्वरीमा दादुरा रुबेला खोप कार्यक्रम सम्पन्न

किकम्पा मन्टेश्वरीमा दादुरा रुबेला खोप कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २० । किकम्पा मन्टेश्वरी प्रि स्कूल सुर्यविनायक इतबुं, भक्तपुरमा शनिबार दादुरा रुबेला खोप कार्यक्रम सम्पन्न भएको छ।

सुर्यविनायक नगरपालिका सिपाडोल स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा उक्त खोप कार्यक्रम समपन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेश लाखाले विद्यार्थीका अभिभावकलाई खोपको महत्वका बारेमा जानकारी दिए।

उनले दादुरा रुबेला अतिनै संक्रामक र प्राणघातक भएकोले यसको संक्रमणबाट बालबालिकाको ज्यान समेत जानसक्ने तर्फ सचेत गराए। विद्यालयमै खोप केन्द्र भएकोले विद्यार्थी र अभिभावकले सहज महसुस गरेको र प्रभावकारी भएको प्रति उनले खुशी ब्यक्त गरे।

सो खोप कार्यक्रममा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थी लाभान्वित भएको प्रिन्सिपल लाखाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2024
Website | + posts